कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
काठमाडौंको कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएको छ ।
नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालेको हो ।
‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ फोहोर रोकिएको छ । हामीले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौं । अब कुहिने फोहोर हप्ताको दुई दिन उठ्छ । नकुहिने फोहोर त एक हप्तासम्म नउठ्दा पनि धेरै असर हुँदैन’ उपप्रमुख शाक्यले भनिन् ।
कीर्तिपुर नगरपालिकामा ४ वटा निजी संस्थाहरुले फोहोर उठाउँदै आएका छन् ।...
