खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै
खाेटाङ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खाेटाङमा भएकाे निर्वाचनकाे मत गणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे मत अग्रता कायमै रहेकाे छ । दश स्थानीय तह रहेकाे जिल्लामा केपिलासगढी, ऐसेलुखर्क र रावाबेँसी गाउँपालिकाको १४,१४३ मत गणना सम्पन्न हुँदा आरेनकाे तीन हजार ७६४ पुगेकाे छ ।
नेपाली काँग्रेसका वीरकाजी राईकाे तीन हजार ३८५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे तीन हजनर छ तथा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाकाे एक हजार ५३७ मत पुगेकाे छ । काँग्रेसका वीरकाजीभन्दा श्रम संस्कृति पार्टीका आरेनकाे ३७९ मतले बढी रहेकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीकाे एक हजार ३०३, राष्ट्रि...






