साप्सुखोला सुकाएर जलविद्युत उत्पादन, असला माछासहितका जलचर मासिए
खोटाङ, ८ वैशाख । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत आयोजनाको विद्युत वि.सं. २०७८ पुसमा राष्ट्रिय प्रशारण लाइनमा समेत जोडिएको छ । राजापानीको बेलडाँडास्थित पावर हाउस (विद्युत गृह)बाट उत्पादन गरिएको जलविद्युत दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।
करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडामा ल्याइएको पानीलाई ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिएको हो ।
राजापानीकै बसुवास्थित सा...
