माओवादी केन्द्र हलेसी तुवाचुङ नगरपालिका अध्यक्षमा राजुबिक्रम चाम्लिङ
खोटाङ, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगर कार्यसमितिको अध्यक्षमा राजुबिक्रम चाम्लिङ चयन हुनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सम्पन्न माओवादी केन्द्रको दोस्रो अधिवेशनले चाम्लिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत् अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रदीप राई, प्रमोद गिरी र समिला बस्नेत, सचिव गण राई, सहसचिव दिनेश बुढाथोकी र कोषाध्यक्षमा लालबहादुर कार्की चयन हुनुभएको छ । पचपन्न सदस्यीय नगर कार्यसमितिको प्रवक्तामा सुजेन राई चयन हुनुभएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’, केन्द्रीय सदस्य अमेम्बर राई, जिल्ला सचिव सँगीन, सचिवालय सदस्यहरु आमोद, चयन्द्र राई लगायतको उपस्थिति रहेको थियो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मेथबहादुर राईले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएक...
