Monday, April 20

ताजा समाचार

छ वर्षदेखि कोठामा थुनिएका बालकसहित चार बालबालिकाको उद्धार

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २१ पुस । मायाँ घर नेपाल इटहरी सुनसुरीले कोठामा थुनिएर बस्न बाध्य खोटाङका नौँ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ । छ वर्षदेखि आफ्नै घरको एउटा कोठामा थुनिएर बसेका ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौँ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन नौँ वर्षीया सुजता राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई मायाँ घर नेपालले आज (आइतबार) उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा बन्धक अवस्थामा रहेका एक बालकसहित सहाराविहीन चार बालबालिकाको पालनपोषण, शिक्षादिक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको मायाँ घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभयो । “उद्धार गरिएका चारैजना बालबालिकालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ । उनीहरुको पालनपोषण, शिक्षादिक्ष...

मझुवागढी कालिका भगवती फुटबल कप–२०८१ : सोल्माको विजयी यात्रा शुरु

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा शुरु भएको ‘मझुवागढी कालिका भगवती फुटबल कप–२०८१’ अन्तरगत दोस्रो संस्करणको खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा सोही नगरपालिकाको वडा नं. २ सोल्माले आफ्नो विजयी यात्रा शुरुवात गरेको छ । लफ्याङस्थित रणजितमान राई खेलमैदानमा आज (शनिबार) भएको उद्घाटन खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलालाई शून्यका विरुद्ध दुईगोल गर्दै सोल्माले विजयी यात्रा शुरुवात गरेको हो । वडा कार्यालय लफ्याङको आयोजना तथा नमूना स्पोर्टस् क्लब लफ्याङको सहआयोजनामा शुरु भएको अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न दशवटा वडाका खेलाडी टोली सहभागी भएका छन् । अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिताका विजेता टोलीले नगद रु एक लाख ५१ हजार १११ तथा उपविजेता टोलीले नगद रु एक लाख एक हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सहआयोजक नमू...

खोटेहाङमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, १९ पुस । खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा आज (शुक्रबार)देखि पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छवटा विद्या (भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प)मा ३६ वटा पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्डसहित नगद रु एक लाख ११ हजार १११ को साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो । प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित ११ वटा माध्यमिक विद्यालयका ३३० जना छात्रछात्रा सहभागी भएका छन् । प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीलाई खाना तथा खाजाको व्यवस्थासमेत...

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको अध्यक्षमा पुस्विन खत्री चयन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १७ पुस । नेपाली काग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको अध्यक्षमा पुस्विन खत्री चयन हुनुभएको छ । दिक्तेलस्थित बि.पि. स्मृति भवनमा आज (बुधबार) सम्पन्न प्रथम जिल्ला अधिवेशनले खत्रीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सावित्रा राई, सचिवमा लोकमणि श्रेष्ठ, सहसचिवमा मीना कार्की र कोषाध्यक्षमा हरिकुमार बानियाँ चयन हुनुभएको छ । सदस्यहरुमा भानुभक्त अधिकारी, युवराज पोखरेल, मकर थामी, ज्ञानबहादुर राई, मनोज आचार्य, जगत मगर, राजनप्रसाद आचार्य, अम्बिका अधिकारी, कृष्णकुमारी आचार्य र लीलबहादुर बस्नेत रहनुभएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ नेपालका केन्द्रीय सदस्यद्धय बलदेव मण्डल र प्रेमगीता बस्नेतको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको आयोजकले जनाएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ खोटाङको प्रदेश र सङ्घीय ...

ऐसेलुखर्कका सातजना अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता

गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १६ पुस । जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्णरुपमा शारीरिक अपाङ्गता भएका सातजना व्यक्तिलाई उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालयको टोलीले तीन दिन लगाएर शारीरिकरुपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “शारीरिक अपाङ्गता भएका कारण प्रशासनसम्म पुग्न नसक्दा हाम्रो गाउँपालिकामा अपाङ्गता भएका सातजना व्यक्ति नागरिकता पाउनबाट वञ्चित हुनुहुन्थ्यो । नागरिकता अभावका कारण उहाँहरुले राज्यबाट प्राप्त हुने सेवासुविधासमेत प्राप्त गर्नुभएको थिएन”, उहाँले भन्नुभयो, “शारीरिकरुपमा पूर्ण अपाङ्गता भएक...

१३ वर्षीया बालिकासँग विवाह गर्ने युवक र गराउने आफन्त पक्राउ

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १४ पुस । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो । यही पुस–८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस–१२ गते र कमलालाई पुस–१३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभएको छ । प्रहरी प्रवक्ता पोखरेलका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवाह सम्बनधी कसूर अन्तरगतको मुद्दा चलाइएको छ । बालविवाह सम्बन्धी घटना भएको जानकारी पाएपछि फरक–फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ...

जन्तेढुङ्गामा गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय

गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, १४ पुस । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो । गाउँपालिकाभित्रका गरिब, दलित र असहाय बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिन आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभयो । “गरिब, दलित र असहाय बालबालिकाका लागि गाउँपालिकाको तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ । अब गाउँपालिकाभित्रका कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु पर्दैन”, उहाँले भन्नुभयो, “यसै शैक्षिकसत्रबाट शुरुवात गरिएको आवासीय शिक्षाका लागि यस ...

नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ चयन

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १४ पुस । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटोङको सभाहलमा गएराति सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका तामाङ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । तामाङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो।युनियनको खुला उपाध्यक्षमा चिरञ्जिवी आचार्य, समावेशी उपाध्यक्षमा भूपध्वज खत्री, महिला उपाध्यक्षमा ओमसरा राई, सचिवमा सुमन बास्तोला, सह–सचिवमा गिरिराज रानामगर र कोषाध्यक्षमा नवराज कटवाल चयन हुनुभएको छ । खुला सदस्यहरुमा डिल्लीप्रसाद ढकाल, खगेश्वर बञ्जारा, भोजराज आचार्य, महेश मिश्र, सन्तोष दाहाल, महिला सदस्यहरुमा कल्पना शर्मा र समिक्षा आचार्य तथा समावेशी सदस्यमा सुवास राई चयन हुनुभएको छ । समितिका अन्य तीनजना सदस्य पछि मनोनित गरिने न...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा चयन

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा चयन हुनुभएको छ । रास्वपाले आज (शनिबार) दिक्तेल बजारमा आयोजना गरेको प्रथम जिल्ला भेलाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी थापालाई सभापतिमा बहुमतको आधारमा चयन गरेको हो । रास्वपा खोटाङको जिल्ला सभापतिमा नवनिर्वाचित थापासँगै डा.राजकुमार राई आकाङ्क्षी देखिनुभएको थियो । थापा र राईमध्ये एकजनालाई जिल्ला कार्यसमिति खोटाङको सभापतिमा चयन गर्न भेलामा सहभागी सदस्यहरुलाई अवसर दिँदा थापाको पक्षमा बहुसङ्ख्यक सदस्यहरु उभिएको रास्वपाले जनाएको छ । दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला भेलाले थापाको नेतृत्वमा दश सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ । समितिको सचिवमा सुमन खत्री, सह–सचिवमा राजन अधिकारी र सदस्यहरुमा टङ्ककुमार मगर, प्रकाश अधिकारी र तारा दाहाल चयन हु...

राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा आयोजना गर्न लागेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’लाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको छ । बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि आगामी फागुन–१५, १६ र १७ गतेसम्म दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको हो । कोशी प्रदेशमा पुस–१४ गते, मधेश प्रदेशमा पुस–१५ गते, बागमती प्रदेशमा पुस–१६ गते र गण्डकी प्रदेशमा पुस–१७ गते प्रदेशस्तरीय कार्यक्रम गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “नेपालको ईतिहासमा पहिलो पटक दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको छ । सम्मेलनमा देश÷विदेशका बाँसविज्ञ तथा व्यवसायीहरु सहभागी हुन्छन्”, उहाँले भन्नुभयो, “तीन दिनसम्म सञ्चाल...