Monday, April 20

ताजा समाचार

आरेन राईको राजनीतिक यात्रा : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सङ्घीय सांसदसम्म

आरेन राईको राजनीतिक यात्रा : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सङ्घीय सांसदसम्म

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २४ फागुन । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका एकराज र चन्द्रकला राईका कान्छो सन्तानका रुपमा वि.सं. २०५३ असोज–८ गते जन्मनुभएका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहनुभएका २९ वर्षीय आरेन यही फागुन–२१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युष्टि पार्टी (एमाले) खोटाङका अध्यक्ष देवबिक्रम राईलाई तीन हजार ८९८ मतले पछाडि पार्दै निर्वाचित हुनुभएको हो । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी (एमएनओ)का सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी निर्माणमा जुट्नुभएका महासचिव आरेनले यो निर्वाचनमा १६ हजार ६१२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वि.सं. २०८० सालमा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी परित्याग गरेर श्रम संस्कृति पार्टी निर्माणमा जुट्...
श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

#, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २४ फागुन । श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवबिक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै केपिलासगढी गाउँपालिका-१ फेदीस्थित सुङ्देका आरेन निर्वाचित हुनुभएकाे हाे । आरेनले १६ हजार ६१२ मत पाउँदा देवबिक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भर्खरै उदाएको श्रम संस्कृति पार्टीले पुराना दललाई पछाडि पार्दै फराकिलाे मतान्तरले जित हासिल गरेको हो । नेपाली काङ्ग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि रोकाले नाैँ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले पाँच हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का रा...
खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि

खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खाेटाङ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सुरुवाती अग्रतालाई कायम राख्नुभएकाे छ । अपरान्ह ४:०० बजेसम्म सम्पन्न भएकाे २८,८२२ मत गणनामा आरेनले सात हजार १२२ मतसहित सुरुवाती अग्रतालाई कायम राख्नुभएकाे हाे । केपिलासगढी गाउँपालिका-१ फेदी निवासी उम्मेदवार आरेनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले पछ्याइ राख्नुभएकाे छ । देवबिक्रमले पाँच हजार ८४५ प्रप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । यसअघिसम्म दाेस्राे स्थानमा रहेकाे नेपाली काँग्रेसका वीरकाजी राईले पाच हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाले चार हजार ५८४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले दुई हजार ५५५, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले १५६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ९१, जनता समा...
खोटाङको पछिल्लो मत परिणाम : १९ हजार ५०३ मत गणना गर्दा एक हजार २७७ बदर

खोटाङको पछिल्लो मत परिणाम : १९ हजार ५०३ मत गणना गर्दा एक हजार २७७ बदर

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खाेटाङ, २३ फागुन । खाेटाङमा गणना गरिएका मतमध्ये एक हजार २७७ मत बदर भएकाे पाइएकाे छ । केपिलासगढी, रावाबेँसी, ऐसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे १९ हजार ५०३ मत गणना गर्दा एक हजार २७७ मत बदर भएकाे हाे । मतदातामा मतदाता शिक्षा नपुगेका कारण धेरै सङ्ख्यामा मत बदर भएकाे जनाइएकाे छ । बदर भएका मतमध्ये अधिकांश एउटै मतपत्रमा दुई छाप हालेकाे पाइएकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएकाे छ । एउटामात्र निर्वाचन क्षेत्र रहेकाे खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे मत अग्रता कायमै रहेकाे छ । केपिलासगढी गाउँपालिका-१ फेदीका आरेनले चार हजार ७७४ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका वीरकाजी राईकाे चार हजार ३७२, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे तीन हजर ९९२, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाकाे दुई हजार ८०८, ...
खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै

खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खाेटाङमा भएकाे निर्वाचनकाे मत गणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे मत अग्रता कायमै रहेकाे छ । दश स्थानीय तह रहेकाे जिल्लामा केपिलासगढी, ऐसेलुखर्क र रावाबेँसी गाउँपालिकाको १४,१४३ मत गणना सम्पन्न हुँदा आरेनकाे तीन हजार ७६४ पुगेकाे छ । नेपाली काँग्रेसका वीरकाजी राईकाे तीन हजार ३८५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे तीन हजनर छ तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाकाे एक हजार ५३७ मत पुगेकाे छ । काँग्रेसका वीरकाजीभन्दा श्रम संस्कृति पार्टीका आरेनकाे ३७९ मतले बढी रहेकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीकाे एक हजार ३०३, राष्ट्रि...
खाेटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकाे अग्रता बढ्याे

खाेटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकाे अग्रता बढ्याे

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरन राईकाे निरन्तर अग्रता बढ्दै गएकाे छ । केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाकाे छ हजार १७७ मत गणना गर्दा आरेनकाे दुई हजार ३७६ मत पुगेकाे छ । नेपाली काँग्रेसका वीरकाजी राईकाे एक हजार ४२५, नेपाल कमयुनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे ६५५, नेपाली कम्युनिष्ट पार्टीका डा. हरि राेकाकाे ७४२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीकाे २७७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङकाे १५, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईकाे ११०, जनता समाजवादी पार्टी नेपालका सुनिल राईकने ११, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईकाे ३३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकीकाे सात, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङकाे दुई, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालकाे दुई, मङ्गाेल नेसनल अ...
खाेटाङमा श्रम संस्कृति पार्टीका आरन राईकाे सुरुवाती अग्रता

खाेटाङमा श्रम संस्कृति पार्टीका आरन राईकाे सुरुवाती अग्रता

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे सुरुवाती अग्रता भएकाे छ । केपिलासगढी गाउँपालिकाकाे एक हजार ८७ मत गणना हुँदा आरेनले ४०६ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिनुभएकाे हाे । नेपाली काँग्रेसका वीरकाजी राईले ३२६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले १०६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाले ११९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले २२, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले छ, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले दुई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथाेकी ´सैलेश`ले तीन, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले दुई, मङ्गाेल नेशनल अर्गनाइजेसन पार्टीका प्याग राईले एक र स्वतन्त्र उम्मेदवार तिलकचन्द्र राईले एक मत प्राप्त गर्नुभएका...
खाेटाङमा मत गणना सुरु, तीन/तीन हजार गणना सकिएपछ नतिजा सार्वजनिक गरिने

खाेटाङमा मत गणना सुरु, तीन/तीन हजार गणना सकिएपछ नतिजा सार्वजनिक गरिने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा भर्खरैबाट मत गणना सुरु भएकाे छ । केपिलासगढी गाउँपालिका- ३ बास्पानी र साेही गाउँपालिकाकाे वडा नं. ४ बाक्सिलाबाट मत गणना सुरु गरिएकाे हाे । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय खाेटाङमा दिउँसाे १:०० बजे बसेकाे सर्वदलीय बैठकले भण्डारण गरेर राखिएको ठाउँकाे सबैभन्दा बाहिर रहेकाे मतपेटिकाबाट गणना सुरु गर्ने निर्णय गरेकाे थियाे । सर्वदलीय बैठकले दिउँसो ३:३० बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेपनि प्राविधिक कारणले अपरान्ह ४:५० बजेबाट मात्रै सुरु गरिएकाे हाे । दश स्थानीय तह रहेकाे जिल्लामा ७९ वटा वडा रहेकाे छ । मत गणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा दुईवटा गणनास्थल निर्माण गरिएकाे छ । एउटा गणनास्थलमा एक पटकमा दुई/दुईवटा मतदानस्थलकाे मत मिसाएर गणना सुरु गरिएकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।...
सर्वदलीय बैठक सकियाे, दिउँसो साढे तीन बजेबाट मत गणना सुरु गर्ने निर्णय

सर्वदलीय बैठक सकियाे, दिउँसो साढे तीन बजेबाट मत गणना सुरु गर्ने निर्णय

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । खाेटाङमा दिउँसो साढे तीन बजेबाट मत गणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालय खाेटाङमा बसेकाे सर्वदलीय बैठकले जिल्लाका सबै वडाकाे छुट्टाछुट्टै मत गणना गर्ने निर्णय गरेकाे हाे । बैठकले भण्डारण गरेर राखिएको ठाउँकाे सबैभन्दा बाहिर रहेकाे मतपेटिकाबाट गणना सुरु गर्ने निर्णय गरेकाे छ । दश स्थानीय तह रहेकाे जिल्लामा ७९ वटा वडा रहेकाे छ । मत गणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा दुईवटा गणनास्थल निर्माण गरिएकाे छ । फागुन-२१ गते भएकाे सम्पन्न भएकाे निर्वाचनमा खसेकाे मतकाे मतपेटिका फागुन-२२ गते बिहानमात्रै मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा ल्याइपुर्याइएकाे हाे । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका छन् । जिल्लाभर १३...
सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भयाे, दिउँसाेबाट गणना सुरु हुने

सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भयाे, दिउँसाेबाट गणना सुरु हुने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खाेटाङका सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाकाे सबैभन्दा टाढा रहेकाे जन्तेढुङ्गा र बराहपाखरी गाउँपालिकाे मतपेटिका ल्याइएसँग मतपेटिका सङ्कलनकाे काम सम्पन्न भएकाे हाे । जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे ।  जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका छन् । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।  ´निर्वाचन सम्पन्न भएर मतपेटिका सङ्कलनकाे कामसमेत सकिएकाे छ । अब सर्वदलीय बैठक बसाएर मत गणनाकाे काम सुरु गर्छाैँ`, उहाँले भन्नुभयाे, ´खाेटाङमा साैहार्दपूर्ण वातावरणमा निर्वाचन सम्...