प्रतिनिधिसभा निर्वाचन : खाेटाङमा ४३ प्रतिशत मत खस्याे
खाेटाङ, २१ फागुन । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाेटाङमा ४३ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका हुन् ।
जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।
जिल्लामा १ लाख ४७ हजार १२० मतदाता रहेका छन् । मतदानस्थलबाट मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दिक्तेलतर्फ ल्याउन थालिएको छ ।
टाढा रहेका सबै मतदान केन्द्रबाट भाेलि फागुन-२२ गते बिहानसम्म मतपेटिका आइपुग्ने बताइको छ । नजिकै रहेका मतदानस्थलहरुबाट मतपेटिकाहरु आउन थालेकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमु...









