दिक्तेल बजारमा आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरियो
खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माणको काम सम्पन्न गरिएको हो ।
भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रम अन्तरगत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ । त्यहाँ आचार्यको ठूलो आकारको मूर्ति सरोकारवालाले नै खरिद गरेर राख्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “भानुभक्तको सालिक पुनः निर्माण सकिएसँगै सालिक वरपरका खाली ठाउँमा टाईल जडान, रङरोगन...









