चन्दा सङ्कलन गरेर प्रहरी चौकी बुइपामा सिसी क्यामेरासहित कार्यालय व्यवस्थापन
खोटाङ, २६ असार । स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा रहेको प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताहरुबाट स्वेक्षिकरुपमा सङ्कलन भएको रु १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्पान समितिमार्फत सिसी क्यामेरा जडान, प्रतिक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम गरिएको हो ।
चन्दा सङ्कलन अभियानका क्रममा सङ्कलित रमकमध्ये रु दश लाख सात हजार ४९७ रकम सामान खरिद तथा जडानमा खर्च भएको प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिनुभएको छ । जसमा वडा नं. १४ र १५ बाट आगामी आर्थिक वर्षको बजेटबाट रु दुई लाख ११ हजार १११ जम्मा हुन बाँकी रहेको र समितिको खातामा नगद रु २५ हजार ८५८ रहेको जनाइएको छ ।
प्रहरी चौकी बुइपामा चन्दा सङ्कलनबाट खरिद गरिए...
