हावाहुरी पीडित परिवारलाई हलेसी तुवाचुङले जस्तापाता उपलब्ध गराउने
खोटाङ, ५ चैत । हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरी पीडित परिवारलाई राहत स्वरुप घरको छाना लगाउनका लागि जस्तापाता वितरण गर्ने भएको छ । यही चैत–२ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छानामा पूर्ण रुपमा क्षति पु¥याएका पीडित परिवारलाई नगरपालिकाले जस्तापाता प्रदान गर्ने निर्णय गरेको हो ।
एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा हावाहुरीले ५२ घरको छानामा पूर्ण रुपमा क्षति पु¥याएको छ । हावाहुरीले वडा नं.–१ बाहुनीडाँडाका १२, वडा नं.–२ डिकुवाका चार, वडा नं.–३ च्यास्मीटारका २८, वडा नं.–८ धितुङका तीन र वडा नं.–११ राजापानीका पाँच घर स्थानीयवासीकामा क्षति पु¥याएको जनाइएको छ ।
हावाहुरी पीडित परिवारलाई पुनः स्थापित गराउन नगरपालिकाको तर्फबाट जस्तापाता प्रदान गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “घरको छाना उडाइदिएपछि खुला आकाशमुनि बस्न बाध्य छन् । उनीहरुलाई नगरपालिकाले तत्...









