Thursday, April 23

गृह पृष्ठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल बोर्डिङ स्कूल दिक्तेललाई

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १४ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले जितेको छ । नगरपालिकाभित्र सञ्चालित २४ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र १९ कास्य पदकसहित दिक्तेल बोर्डिङ स्कूल दिक्तेलले उपाधि जितेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल द्वितीय भएको छ । उसले दश स्वर्ण, दश रजत र ११ कास्य पदकसहित द्धितीय स्थान प्राप्त गरेको हो । चार दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा नौँ स्वर्ण, छ रजत र पाँच कास्य पदक सहित जनजागृति आवासीय विद्यालय सोल्मा तृतीय तथा पाँच स्वर्ण, चार रजत र दुई कास्य पदकसहित श्री माध्यमिक विद्यालय बाँसबोटे लफ्याङ चौथो भएको छ ...

शुभम् फाउण्डेशन घटना प्रकरण : बाल यौन दुरुपयोग मुद्दामा कृषि विज्ञ मदन राई दोषी ठहर

गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १३ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले कृषि विज्ञ मदन राईविरुद्ध दर्ता गरेको मुद्दामा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ । पीडित भनिएकी किशोरीले दिएको उजुरीको आधारमा प्रहरीले दर्ता गरेको बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा कृषि विज्ञ राईलाई अदालतले यही माघ–१० गते कसुरदार ठहर गरेको हो । जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले कृषि विज्ञ राईलाई दोषी ठहराएको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदिपकुमार भट्टराईले जानकारी दिनुभएको छ । यद्यपि, कृषि विज्ञ राईलाई दोषी ठहर गरेपनि कति सजाय हुने भन्नेबारे भने अर्को पेसीमा सुनुवाइ हुने जिल्ला अदालतले जनाएको छ । अदालतका सूचना अधिकारी भट्टराईका अनुसार सजाय निर्धारणका लागि यही माघ–२५ गतेलाई अर्को पेसी तोकिएको छ । दिक्तेलस्थित सोल्मामा आफैले सञ्चालन गरेको शुभम् फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा कृषि विज्ञ रा...

प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटाल

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १३ माघ । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटाल चयन हुनुभएको छ । चौतारीको पाँचौँ जिल्ला अधिवेशनमा उपाध्यक्ष चयन हुनुभएका ठटाल छैटौँ जिल्ला अधिवेशनमा अध्यक्ष चयन हुनुभएको हो । दिक्तेलस्थित होटल शुभदिनमा आज (आइतबार) सम्पन्न छैटौँ जिल्ला अधिवेशनले समितिको उपाध्यक्षमा पवन राई, महिला उपाध्यक्षमा अस्मिता खत्री, सचिवमा सन्तोष पौडेल, सहसचिवमा प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारीलाई चयन गरेको छ । एघार सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा टिवन राई, प्रमेश ढकाल, भुवन कटवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश समितिका सह–ईन्चार्ज हरिवोल आचार्यले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ । कार्यक्रमका वक्ताहरुले चौतारीका नवनिर्वाचित कार्यसमितिलाई सत्य, तथ्य र निष्पक्ष भएर पत्रकारिता गर्न आग्रह...

किसानको खेतबारीमा बाढीले थुपारेको गेगर हटाउँदै हलेसी तुवाचुङ नगरपालिका

कृषि, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, १३ माघ । हलेसी तुवाचुङ नगरपालिकाले गत असोज–१२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानको खेतबारीमा थुपारेको गेगर पन्छाउने काम शुरु गरेको छ । पाकेर थन्क्याउने समयको अन्नबाली नष्ट गर्दै किसानको खेतबारीमा बाढीले थुपारेको बालुवा, गिटी र ढुङ्गा हटाएर पुनः खेती गर्न योग्य जमिन बनाउन नगरपालिकाले जेसिबी प्रयोग गरेर पन्छाउन शुरु गरेको हो । सुनकोशीमा आएको भीषण बाढीले हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. २ डिकुवा, वडा नं. ८ धितुङ र वडा नं. ११ राजापानीका करिब १५० घरधुरी स्थानीय किसानको करिब २५० रोपनीभन्दा बढी खेतबारी खण्डहर बनाएको छ । धितुङ र राजापानीको सिमानामा पर्ने भाडबेँसीका मात्रै ६० घर किसानको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले ल्याएको गेगरले पुरिएको स्थानीयले बताएका छन् । भीषण बाढीका कारण पूर्ण क्षति बेहोरेका राजापानीका ३१ घर किसानलाई गत असोजमै नगरपालिकाले रु सात हजारको दरले राहत प्...

प्रेस सेन्टर नेपाल १ नं. (कोशी) प्रदेश अध्यक्षमा राजन राई ‘समीप’ निर्वाचित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १२ माघ । प्रेस सेन्टर नेपाल १ नं. (कोशी) प्रदेश अध्यक्षमा राजन राई ‘समीप’ निर्वाचित हुनुभएको छ । विराटनगरमा आज (शनिबार) बिहान सम्पन्न प्रेस सेन्टर नेपालको तेस्र्रो प्रदेश अधिवेशनको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी नवराज कट्टेललाई पाँच मतले पराजित गर्दै समीप अध्यक्षमा निर्वाचित हुनुभएको हो । समीपले ४१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित हुँदा कट्टेलले ३६ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ । अन्य सबै पदमा सहमति जुटेपनि अध्यक्षमा सहमति नभएपछि निर्वाचन गरिएको प्रेस सेन्टरले जनाएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी स्थायी घर भइ भोजपुरमा बसेर पत्रकारिता गर्दै आउनुभएका समीप प्रेस सेन्टर नेपालको दोस्रो प्रदेश अधिवेशनमा उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । अध्यक्षका अर्का प्रत्यासी कट्टेल खुला उपाध्यक्ष हुनुहुन्थ्यो । तीन वर्षे कार्यकालका लागि चयन ग...

दिक्तेल रुपाकोट मझुवागढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खेलकुद, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुवात् गरेको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा नगरपालिकाभित्रका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा ९८ स्वर्ण, ९८ रजत र १२२ रजतगरी ३१८ पदकका लागि प्रतिस्पर्धा गराइने सहआयोजक जनजागृति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले जानकारी दिनुएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र, प्रत्येक विद्यामा विजयी विद्यालयलाई ट्रफी ...

बराहपोखरी गाउँपालिकाले शुरु ग¥यो आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ११ माघ । बराहपोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट शुरुवात् गरिएको छ । गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधायुक्त चारतले प्रशासनिक भवन निर्माण गरेर सेवा प्रवाह शुरुवात् गरिएको हो । गाउँपालिका र सङ्घीय सरकारको संयुक्त रु छ करोड दश लाख लगानीमा कौशिल बस्नेत निर्माण सेवा प्रा.लि. काठमाडौँले ठेक्कामार्फत प्रशासनिक भवन निर्माण गरेको जनाइएको छ । गाउँपालिकाको ५५ प्रतिशत र सङ्घीय सरकारको ४५ प्रतिशत लगानीमा प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरिएको हो । सङ्घीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाइएको गाउँपालिका प्रमुख शालिकराज बञ्जराले जानकारी दिनुभयो । “सङ्घीय सरकारले भनेजति रकम उपलब्ध गराउन नसक्दा भवन निर्माणको काममा केही समय ढिलाइ पनि भयो । निर्माण शुरु गरिएको भवन अलपत्र हुने अवस...

जनयुद्धमा बुबाआमा दुवै गुमाएका प्रतिक अखिल क्रान्तिकारीको महासचिवमा उम्मेदवार

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिनुभएको हो । बुबा शहीद दिलकाजी कार्की र आमा शहीद इन्दिरा कार्कीको कोखबाट वि.सं. २०५५ कातिक–१ गते जन्मनुभएका महासचिव पदका उम्मेदवार प्रतिक अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय समिति सदस्य हुनुहुन्छ । नेश्नल ल कलेज काठमाडौँमा स्नातकोत्तर अध्ययनरत प्रतिकले अखिल क्रान्तिकारीको महासचिव पदमा दिनुभएको उम्मेदवारीलाई निक्कै महत्वका साथ हेरिएको छ । नेपाल ल क्याम्पस काठमाडौँमा वि.सं. २०७२ सालमा बि.ए. एल. एल. बि. अध्ययनका...

हलेसी तुवाचुङमा लघु उद्यम गर्न चाहने नागकिकका लागि बिना ब्याजको ऋण

अर्थ, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ९ माघ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीय नागरिकले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालन लगायतका लघु उद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिना ब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । नगरपालिकाका स्थानीय उद्यमीलाई बिना ब्याजका ऋण उपलब्ध गराउन नगरपालिकाले आज (बुधबार) प्रभु बैङ्क शलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैङ्कले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिना ब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्र खोलिएका लघु उद्योगहरुको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टे लगायतका व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइ दिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताउ...

अखिल क्रान्तिकारीको केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूको उम्मेदवारी दर्ता

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय उपमहासचिवमा खोटाङका रविन खम्बूले उम्मेदवारी दर्ता गर्नुभएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यसमितिको निवर्तमान सचिवसमेत रहनुभएका खम्बूले यही माघ–१२ गते हुने राष्ट्रिय निर्वाचनका लागि उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । देशमा भइरहेको शैक्षिक बिकृति, बिसङ्गति तथा शैक्षिक दलालहरुको अन्त्य गर्दै शिक्षा क्षेत्रमा आमूल रुपान्तरण गर्नका लागि आफूले केन्द्रीय उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेको खम्बूले बताउनुभएको छ । “समग्र विद्यार्थी आन्दोलनलाई नयाँ रूपमा विकास गर्दै आजको समयमा थप विद्यार्थी आन्दोलनको औचित्य पुष्टि गर्नुछ । दश वर्षे महान जनयुद्धको जगमा भएको २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु खतरामा पर्दै गएको छ”, उपमहासचिव ...