Monday, April 20

गृह पृष्ठ

माओवादीले सम्झियो जनयुद्धका भूमिगत, शहीद परिवार र सेल्टरदाता

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले जनयुद्धमा भूमिगत भएका, शहीद परिवार र सेल्टरदातालाई सम्मान गरेको छ । माओवादी केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाबाट जनयुद्धमा भूमिगत भएका १६ जना, दुई शहीद परिवार र २२ जना सेल्टरदातालाई सम्मान गरेको हो । माओवादी केन्द्र वडा समिति दोर्पाचिउरीडाँडाको दोस्रो सम्मेलनको अवसरमा उनीहरुलाई प्रशंसा तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको जिल्ला संयोजक दीपक पण्डे ‘आकाश’ले जानकारी दिनुभयो । माओवादी केन्द्रले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्धन्द्धकालमा भूमिगत भएका नवराज चौंलागाई, सम्बर राई, काजीराम राई, निरकुमार खड्का, कुलबहादुर खड्का, धुर्ब बुढाथोकी ‘धिरेन’, रमिला बुढाथोकी, बबिता बुढाथोकीलाई सम्मान गरेको छ । यस्तै, एकराज बुढाथोकी, उत्तरकुमार राई, इन्द्रकला राई, टेकबहादुर राई, टीकाराम राई, कमला थापा, सु...

रसुवाघाट–पाँचधारे सडकखण्डमा कालोपत्रको काम शुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ७ पुस । रसुवाघाट–पाँचधारे सडकखण्डको रसुवाघाटदेखि सिम्पानीसम्मको १५ किलोमिटर सडकमा कालोपत्रको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४६ करोड ७५ लाख ९८ हजार ६५७ मा उक्त सडक कालोपत्रको काम शुरु गरिएको हो । खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित रसुवाघाटबाट सिम्पानी–रोक्सिङभञ्ज्याङ हुँदै भोजपुरको पाँचधारे जोड्ने सडकमा शुरु गरिएको कालोपत्रको काम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको छ । आफू मन्त्री भएको १०० दिन पुगेको अवसर पारेर मन्त्री राईले शनिबार गृह जिल्ला खोटाङ आएर उक्त सडक कालोपत्रको औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो । सडक शिलान्यास कार्यक्रममा मन्त्रालयका सचिवसँगै खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जरा...

भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री राईलाई पत्रकार महासङ्घको ज्ञापन

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ३० मङ्सिर । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङले कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश सरकारका पवक्तासमेत रहनुभएका मन्त्री राईलाई पत्रकार महासङ्घ खोटाङ शाखाका नवनिर्वाचित कार्यसमितिले महासङ्घको भवन निर्माणका लागि आवश्यक पहल गरिदिन माग गर्दै आज (आइतबार) ज्ञापनपत्र बुझाएको हो । पत्रकार महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै मन्त्री राईले यसै वर्षबाट कार्यान्वयन हुनेगरी बहुवर्षे योजना बनाएर पत्रकार महासङ्घको भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्री राईले पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन दिक्तेलमा आयोजना गर्नुभएको कार्यक्रममा पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष हरिवोल आचार्यले ज्ञापनपत्र बुझाउनुभएको हो । कोशी प्रदेशभित्र पर्ने १...

किरात समुदायको चाड ‘साकेला उँधौली’ : तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, ३० मङ्सिर । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आज (आइतबार)देखि औपचारिकरुपमा शुरुवात् भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली साकेला चाड मनाउने गरेका छन् । पन्ध्र दिनसम्म मनाइने उँधौली साकेला चाडको अवसर पारेर जिल्लाका किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोकिएका ठाउँ तथा पर्यटकीयस्थलहरुमा तीन चुल्हाको पूजाआजासहित साकेला सिली पर्दशन गरिरहेका छन् । किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ लगायतका साकेला थानहरुमा साकेला सिली प्रदर्शन तथा तीन चेल्हाको पूजा गर्ने चलन छ ...

नेपाल पत्रकार महासङ्घको निर्वाचन : खोटाङमा अध्यक्षसहित सबै कार्यमिति निर्विरोध

#, गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २७ मङ्सिर । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका उम्मेदवार सर्वसम्मत् निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङका नेताहरुको संयुक्त पहलमा पत्रकार महासङ्घ खोटाङका अध्यक्षसहित कार्यसमिति सर्वसम्मत् निर्वाचित गराएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार अध्यक्षमा हरिवोल आचार्य, उपाध्यक्षमा चिसाङ शेर्पा र सविना अछामे परियार, सचिवमा राजकुमार भट्टराई, सहसचिवमा मनोज आचार्य र राजन ठटाल तथा कोषाध्यक्षमा उजुर राई निर्विरोध चयन हुनुभएको छ । एघार सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेलसमेत निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा ...

पत्रकार महासङ्घ खोटाङको निर्वाचन : सबै पदका लागि सर्वसहमतिमा उम्मेदवारी दर्ता

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २६ मङ्सिर । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका लागि सर्वसहमतिमा उम्मेदवारी दर्ता भएको छ । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङका नेताहरुको संयुक्त भेलाले पत्रकार महासङ्घ खोटाङको निर्वाचनमा सबै पदका लागि सर्वसहमतिमा उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा क्रियाशील तीनवटै सङ्गठनमा आवद्ध पत्रकारहरुलाई समेटेर पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घ सञ्चालन गर्नेगरी सर्वसहमतिमा सबै पदका लागि उम्मेदवारी दर्ता गराइएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चिार्ज डम्बरसिं राईले जानकारी दिनुभयो । “एउटा सङ्गठनले अर्को सङ्गठनलाई निषेध गरेर जाँदा राम्रो देखिँदैन । यो पटक पत्रकार महासङ्घलाई सबैको साझा संस्था बनाउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा पत्रकारहरुको तीनवटा जनवर्गाीय सङ्गठन क्रियाशील छन् । प्...

साथीले ढालेको रुखले किचेर सँगै काम गरिरहेका अर्का साथीको मृत्यु

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २४ मङ्सिर । गोलिया काठ काट्नेक्रममा रुखले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रुख ढालेर गोलिया काठ काट्नेक्रममा आज (सोमबार) दिउँसो मौवाको सुकेको रुख ढलेर किच्दा दमाईको घटनास्थलमै मृत्यु भएको हो । साथीले काटेको रुख ढल्नेक्रममा गोलिया काठ सङ्कलन गरिरहेका मृतक दमाई नजिकै रहेको मौवाको सुकेको रुखमा ठोक्किदा उक्त सुकेको रुखले थेग्न नसक्दा ढल्नेक्रममा किचेर उनको मृत्यु भएको जानकारी प्राप्त भएको खार्पाका वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिनुभयो । “मृतक दमाई हप्ता दिनअघि यहाँ काम गर्न आएका रहेछन् । ज्यालादारी कामका लागि आएका उनको रुखले किचेर मृत्यु भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “ज्यालादारी काम गर्दै आएका मजदुरको मृत्यु भएको खबर पाएपछि ...

हौँचुरका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २३ मङ्सिर । रावाबेँसी गाउँपालिका–६ हौँचुरका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको न्यानो सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयबाट जेष्ठ नागरिक सम्मान शीर्षकमा विनियोजित बजेटले खरिद गरिएको फाइबरको सिरक आइतबार एक कार्यक्रमका बीच वडाभित्रका ४५ जना ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको हो । ज्येष्ठ नागरिकको सम्मानसहित उहाँहरुलाई चिसोबाट बचाउन फाइबरको न्यानो सिरक उपलब्ध गराइएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । “हिउँद लागेसँगै हाम्रो वडामा जाडो वृद्धि हुँदै गएको । लेकाली भेगमा बसोबास गर्ने जेष्ठ नागरिकहरु जाडोको समयमा बिरामी पर्ने गर्छन् । उहाँहरुलाई स्वस्थ राख्न यस वर्ष न्यानो सिरक उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “हाम्रो वडामा धेरै जेष्ठ नागरिक बिपन्न परिवारका छन् । वडामा रहनुभएका ज्येष्ठ नागरिकमध्ये बिपन्न समुदायका छनोट गरेर उनीहरुलाई जाडो छल्ने फाइबरको सिरक उपलब्ध गराए...

प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ : राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने तयारी

अर्थ, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २१ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एक–एक थान बाँसको कुर्सी उपहार दिने तयारी गरिएको हो । बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामाग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने भनेर कार्यपालिका बैठकले निर्णय गरिसकेका छौँ । निर्णयको प्रतिलिप...