निर्दोष भएपनि प्रहरीले हतकडी लगाएको भन्दै सुसाइटनोट लेखेका परियार मृत फेला
खोटाङ, २५ माघ । आफू निर्दोष भएपनि प्रहरीले बिना कारण जबरजस्ती पक्राउ गरेर हतकडी लगाएको भन्दै सुसाइट नोट लेखेका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका १९ वर्षीय राम परियार मृत फेला परेका छन् । प्रहरी चौकी अर्खौलेका प्रमुख प्रहरी सहायक निरीक्षक पोषराज कार्कीले आफूलाई अपमानित गरेको भन्दै सुसाइट नोट लेखेका परियार आज (शुक्रबार) घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मृतक परिवारले लेखेको सुसाइट नोटअनुसार आफन्तले प्रहरी सहायक निरीक्षक कार्कीलाई कारबाहीको मागसमेत गरेका छन् । मृतक परियारलाई अर्खौले प्रहरी चौकीमा केही समय हतकडी लगाएर प्रहरीले छाडेकाले अपमानित महसुस गरेर हात्महत्या गरेको भन्दै दोषी प्रहरी सहायक निरीक्षक कार्कीलाई कानूनी कारबाही हुनुपर्ने उनीहरुले माग गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङमा बिहीबार जबरजस्ती करणीको किटानी जाहेरी परेको भन्दै अर्खौले प्रहरी चौकीले मृतक...
