Monday, April 20

गृह पृष्ठ

सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भयाे, दिउँसाेबाट गणना सुरु हुने

सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भयाे, दिउँसाेबाट गणना सुरु हुने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खाेटाङका सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाकाे सबैभन्दा टाढा रहेकाे जन्तेढुङ्गा र बराहपाखरी गाउँपालिकाे मतपेटिका ल्याइएसँग मतपेटिका सङ्कलनकाे काम सम्पन्न भएकाे हाे । जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे ।  जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका छन् । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।  ´निर्वाचन सम्पन्न भएर मतपेटिका सङ्कलनकाे कामसमेत सकिएकाे छ । अब सर्वदलीय बैठक बसाएर मत गणनाकाे काम सुरु गर्छाैँ`, उहाँले भन्नुभयाे, ´खाेटाङमा साैहार्दपूर्ण वातावरणमा निर्वाचन सम्...
प्रतिनिधिसभा निर्वाचन : खाेटाङमा ४३ प्रतिशत मत खस्याे

प्रतिनिधिसभा निर्वाचन : खाेटाङमा ४३ प्रतिशत मत खस्याे

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खाेटाङ, २१ फागुन । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाेटाङमा ४३ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जना मतदाताले मतदान गरेका हुन् । जिल्लाभर १३६ मतदानस्थल, १९५ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र सञ्चालन गरिएकाे थियाे ।  जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ । जिल्लामा १ लाख ४७ हजार १२० मतदाता रहेका छन् । मतदानस्थलबाट मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दिक्तेलतर्फ ल्याउन थालिएको छ । टाढा रहेका सबै मतदान केन्द्रबाट भाेलि फागुन-२२ गते बिहानसम्म मतपेटिका आइपुग्ने बताइको छ ।  नजिकै रहेका मतदानस्थलहरुबाट मतपेटिकाहरु आउन थालेकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमु...
खाेटाङमा निर्वाचनको तयारी पूरा, मतगणना स्थलसमेत निर्माण गरियाे

खाेटाङमा निर्वाचनको तयारी पूरा, मतगणना स्थलसमेत निर्माण गरियाे

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १९ फागुन । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले दिक्तेलमा मतगणना स्थल तयार पारेको हो । जिल्ला अदालत दिक्तेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन कोठालाई प्रयोग गरेर मतगणना स्थल तयार पारेको छ । अदालतको तीन कोठामध्ये एक कोठामा मत पेटिका भण्डारण गर्ने र दुई कोठामा मत गणना हुने सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिनुभएको छ । मत गणनाका लागि अदालतको दुई कोठालाई तार जालीले पाटेसन (विभाजन) गरिएको छ । तारजालीको पाटेससनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको छ । यही फागुन-२१ गते देशकभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि मतगणना स्थलमा मत पेटिका आउन थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...
नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश

नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ८ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य सावित्री राईसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । श्रम संस्कृति पार्टी खोटाङले बिहीबार बाक्सिला बजारमा आयोजना गरेको चुनावीसभामा नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका जिल्ला सचिवालय सदस्य आशिष राई, जिल्ला सदस्य प्रेम राई लगायतका नेताहरु प्रवेश गरेका हुन् । चुनावीसभा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका केन्द्र, जिल्ला तथा पालिकास्तरीय समितिमा क्रियाशील नेता तथा कार्यकर्तागरी १७७ जनालाई श्रम संस्कृति पार्टीमा स्वागत गरिएको जिल्ला अध्यक्ष प्रताप राईले जानकारी दिनुभएको छ । एमालेका केपिलासगढी गाउँपालिका अध्यक्ष सन्तोष राई, सचिव विशाल दुमी राई, जनता समाजवादी पार्टी केपिलासगढी गाउँपालिका समितिका वरिष्ठ उपाध्यक्ष मनकुमार राई तथा एमाले वडा नं. २ खार्ताम्छाका...
उपचारमा जाँदै गर्दा जेसिबिले लडाएको ढुङ्गाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

उपचारमा जाँदै गर्दा जेसिबिले लडाएको ढुङ्गाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ७ फागुन । जेसिबिले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । सोही नगरपालिकाको वडा नं. ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना १ क ७३४७ नम्बरको जेबिसिले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । सडक निर्माण गर्न लगिएको जेसिबि बिहीबार दिउँसो करिब साढे १२ बजेको समयमा निर्माणस्थल नपुगी बिग्रिएपछि मर्मत गरिएको थियो । मर्मतपछि काम सुरु गरेको करिब एक घण्टा नबित्दै जेसिबिले पहिरो पन्छाउनेक्रममा माथिबाट खसालेको ढुङ्गा करिब ४०० मिटर तल बसीरहनुभएका राईको टाउकोमा झरेर लाग्दा उहाँको घटनास्थलैमै मृत्यु भएको स्थानीयले बताएका छन् । च्यास्मिटारमा घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जेसिबि र चालक उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ निवासी २६ वर्...
पाठेघर खस्ने समस्या भएका महिलाका लागि खोटाङमै शल्यक्रियासहितको उपचार सेवा

पाठेघर खस्ने समस्या भएका महिलाका लागि खोटाङमै शल्यक्रियासहितको उपचार सेवा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ६ फागुन । जिल्ला अस्पताल खोटाङमा पाठेघर (आङ) खस्ने समस्या भएका महिलाका लागि निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । लामो समयदेखि पाठेघर सम्बन्धी समस्या भोग्दै आएका महिलालाई जिल्लामै उपचार सेवा उपलब्ध गराउन अस्पतालले निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेको हो । अस्पतालमा पाठेघर सम्बन्धी समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेलगत्तै दुई जना महिलाको सफल उपचार गरिएको अस्पतालका प्रमुख डाक्टर अमिताब ठाकुरले जानकारी दिनुभएको छ । “म यहाँ आएपछि धेरै महिलाको दुःख देखेँ । पाठेघर सम्बन्धी समस्या भएका महिलाका लागि उपचार गर्न काठमाडौँ वा विराटनगर जानुपर्ने बाध्यता रहेछ । अब कुनै पनि महिलाले त्यो बाध्यता व्यहार्नु पर्दैन”, उहाँले भन्नुभयो, “हाम्रो विशेषज्ञता प्रयोग गरेर खोटाङमै निःशुल्क शल्यक्रियासहितको सेवा उपलब्ध गराएका छौँ । जिल्लामै पहिलोपटक यो शल्यक्रियास...
सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड बढीको क्षति

सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड बढीको क्षति

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ६ फागुन । साकेला गाउँपालिकाको सामुदायिक भवनमा भएको आगलागीमा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको स्टोर (भण्डारण गृह) र क्वाटर (आवास गृह)को रुपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा बुधबार आगलागी भएको हो । गाउँपालिकाको केन्द्र मात्तिमस्थित मानेभञ्ज्याङमा रहेको सामुदायिक भवनमा बुधबार बिहान करिब साढे छ बजेतिर आगलागी सुरु भएको थियो । सामुदायिक भवनमा आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय मात्तिम र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर नियन्त्रणमा लिएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिनुभएको छ । आगलागीमा परेको भवनको साढे दुईतले पक्की सामुदायिक भवनको पहिलो तलामा गाउँपालिकाको स्टोर तथा माथिल्लो तलामा उपप्रमुख बिर्सिका राई र कर्मचारीको आवास रहेको थियो । बिहानको समयमा अचानक लागेको आगोको रुप ठ...
डा. हरि रोकाको चुनावी अभियान : मतदाताको अपेक्षा बुझ्न प्रत्यक्ष जनसम्वाद कार्यक्रम

डा. हरि रोकाको चुनावी अभियान : मतदाताको अपेक्षा बुझ्न प्रत्यक्ष जनसम्वाद कार्यक्रम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाले मतदाताको अपेक्षा बुझ्न तथा उनीहरुले उठाएका सवालको जवाफ दिन ‘उम्मेदवारसँग प्रत्यक्ष जनसम्वाद’ कार्यक्रम सुरु गर्नुभएको छ । अर्थ तथा बाम राजनीतिक विश्लेषकसमेत रहनुभएका उम्मेदवार डा. रोकाले जिल्लाका दशवटै स्थानीय तहका मतदाताको अपेक्षा बझ्न र आफू निर्वाचित भएपछि प्रतिनिधिसभामा गएर उनीहरुको अपेक्षाअनुसारका नीति निर्माण गर्न जनसम्वाद कार्यक्रम सुरु गर्नुभएको हो । जनसम्वाद कार्यक्रममा मतदातासँग प्रत्यक्ष प्रश्नोत्तर तथा फोन र एसएमएसमार्फतसमेत उम्मेदवारलाई प्रश्न गर्ने व्यवस्था मिलाइएको चुनाव प्रचार–प्रसार समितिका संयोजक एवम् पूर्वमन्त्री राजन राईले जानकारी दिनुभएको छ । “उम्मेदवारसँगको जनसम्वाद कार्यक्रमलाई रेडियो तथा अनलाइनमार्फत लाइभ प्रशारण गर्छौँ । यसले उम्मेदवारलाई मतदाताप्रति उत्तरदायी बनाउनुका साथै मतदाताक...
प्रतिनिधिसभा सदस्य निर्वाचन : कार्यकर्ता तानातानमा राजनीतिक दलहरुबीच होटबाजी

प्रतिनिधिसभा सदस्य निर्वाचन : कार्यकर्ता तानातानमा राजनीतिक दलहरुबीच होटबाजी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै खोटाङमा राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका छन् । यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न जिल्लास्थित राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका हुन् । नेपाली कम्युष्टि पार्टी (नेकपा) खोटाङलय गत माघ–२० गते केपिलासगढी गाउँपालिकाका निवर्तमान गाउँपालिका प्रमुख कृष्णकुमार राईलाई प्रवेश गराएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला सचिवालय समितिका पूर्वसदस्यसमेत रहनुभएका कृष्णकुमार एमाले केपिलासगढी गाउँपालिका कार्यसमिति उपसचिव रमेश परियारसहित विभिन्न पदमा रहेका कार्यकर्ता लिएर नेकपा प्रवेश गर्नुभएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जनताको भवना बुझ्ने र जेनजी आन्दोलनपछि सबैभन्दा पहिले पुनः गठन भएको पार्टी भएकाले आफू पनि नेकपा प्रवेश गरेको नेता र...
शितला माविको ६४ औँ वार्षिकोत्सव : विभिन्न विद्याका दर्जन बढी व्यक्ति सम्मानित

शितला माविको ६४ औँ वार्षिकोत्सव : विभिन्न विद्याका दर्जन बढी व्यक्ति सम्मानित

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ४ फागुन । शितला माध्यमिक विद्यालय खाल्लेले आफ्नो ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय र समाजमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न क्षेत्रका दर्जन बढी व्यक्तिलाई सम्मान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालित विद्यालयलाई सहयोग पु¥याउने दर्जन बढी व्यक्तिलाई सोमबार दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरिएको हो । सम्मानित हुनेहरूमध्ये सोही विद्यालयमा अध्ययन गरी उच्च ओहोदामा पुग्न सफल न्यायाधीश नवराज दाहाल र पूर्वन्यायाधीश पर्शु भट्टराईलाई सम्मान गरिएको छ । न्यायाधीश दाहाल र पूर्वन्यायाधी भट्टराईको उपलब्धिलाई विद्यालयले आफ्नो गौरवका रूपमा लिँदै सम्मान प्रकट गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू नवराज केसी, कटकबहादुर खत्री र रामचन्द्र केसीलाई अभिभावकतर्फबाट सम्मान गरिएको छ । उत्कृष्ट शिक्षकका रूपमा पुष्पराज खत्री र मदनसे...