Thursday, June 4

पर्यटन

त्रिधार्मिकस्थल हलेसीमा रामनवमी मेला, देशविदेशका भक्तजन तथा दर्शनार्थीको भीड

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २३ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला शुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर तीन दिनअघि (बुधबार)बाटै मेला शुरु भएको हो । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी तथा भक्तजनहरु हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पूजारी गोपाल गिरीले जानकारी दिनुभएको छ । “रामनवमीको अघिल्लो रात अर्थात भरै बेलुका जाग्राम बस्ने चलन छ । भोलि पञ्चेबाजासहित गहना लगेर महादेव प...

किराती प्रथम राजा यलम्बरको शालिक निर्माण सकियो, वैशाखमा अनावरण गर्ने तयारी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २२ चैत । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनीभन्दा बढी सरकारी जग्गामा किराती प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिक राख्नेगरी व्यवस्थित तथा आधुनिक पार्क निर्माणको काम शुरु गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपामा निर्माण शुरु गरिएको यलम्बरको शालिकको काम सम्पन्न भइसकेको छ भने, पार्क निर्माणको काम तीव्रगतिमा भइरहेको छ । कोशी प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यलम्बर पार्क निर्माण आयोजनामा करिब रु १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माण...

वैशाख–१५ गतेदेखि ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुँदै

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, संगीत, समाचार, साहित्य
खोटाङ, ११ चैत । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्न...

नयाँ वर्ष–२०८२ को अवसरमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ गर्ने तयारी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ७ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नयाँ वर्ष अर्थात् वि.सं. २०८२ वैशाख–१ र २ गते ‘रेडपाण्डा तथा थार महोत्सव’ गर्ने तयारी गरेको छ । नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्मुख वन्यजन्तको सूचिमा रहेको रेडपाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले वडा नं. २ सोल्मास्थित हुर्लुङमा दुई दिने महोत्सवको आयोजना गरेको हो । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन, स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरु स्टलको रुपमा प्रदर्शनी गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “महोत्सवको लागि वडा नं. १० पाथेकाका वडाअध्यक्ष मुगाधन राईको संयोजकत्वमा आयोजक समिति ...

पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमै दुर्लभ रेडपाण्डा भेटिए

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
–रामधन राई खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक बन क्षेत्रमा बिश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न बन क्षेत्रको भ्रमणमा गएका सोही नगरपालिकाका टोलीले मेरुङ सामुदायिक बनमा रेडपाण्डा भेट्टाएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी बैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सबमा केन्द्रीत हुँदै चैत्र १ गते बन क्षेत्र प्रबेश गरेको टोलीले चौथो दिन रेडपाण्डा भेट्न सफल बनेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डा सम्बन्धी स्थलगत अध्ययन गर्ने समेत उदेश्यले ६ नम्बर नेर्पाका वडाध्यक्ष माधब राईको संयोजकत्वमा टोली जुटेका थिए । रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाईमा भेटिएको वडाध्यक्ष राईले सुनाउनुभयो । बिभिन्न समुहमा बिभााजित भएर खोजी गर्ने क्रममा बिहान आठ बजेर ४० मिनेट जाँदा रुखमा स...

प्रसिद्ध धर्मगुरु कालीदास बाबाद्धारा हलेसी र कालिका भगवती मन्दिरको दर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २ चैत । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले आज (शनिबार) खोटाङको त्रिधार्मिकस्थल हलेसी र दिक्तेलको कालिका भगवती मन्दिरमा दर्शन तथा पूजापाठ गर्नुभएको छ । दिक्तेलस्थित धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिरको प्रचार–प्रसारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिले भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबालाई दिक्तेल ल्याएको हो । हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका कालीदास बाबाले त्रिधार्मिकस्थल हलेसीको दर्शन गरेपछि दिक्तेलको मझुवा कालिका भगवती मन्दिरको दर्शन नगरेमा पूण्य प्राप्त नहुने बताउनुभएको छ । दूधकोशी नदीको शुद्ध जलले स्नान गरेर पहिलो चरणमा हलेसी महादेव मन्दिरको दर्शन गर्नुपर्ने र त्यसपछि दिक्तेलस्थित मझुवा कालिका भगवतीको दर्शन गरेमात्र पूण्य प्राप्त गरिने उहाँले बताउनुभयो । कालिका भगवती मन्...

होलीको साँझमा बबिनाको तहल्का

#, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, संगीत, समाचार
–रामधन राई  खोटाङ, १ चैत । सिमसिम पानी छिट्याउन थाल्यो । झम्के साँझ पर्न थाल्यो । ‘माथि–माथि हिमाली भेगमा हिउँ प¥यो फुरुरु...’ । गायिका बबिना किरातीको स्थायीसँगै दर्शकका तालीको पर्रासहितको अन्तरा एकैसाथ गुञ्जन थाले । मैदानमा दर्शकहरु झुम्मिन थाले । पटकाको बर्षा बर्षिए । गायिका/गायक लगायत संगीतप्रेमीहरुको स्वागतमा निक्कै लामो लहर चलिरह्यो । फागुन २९ गते अर्थात होली पर्व । सोल्मा स्पोर्टस क्लब, दिक्तेल सोल्मा अर्थात आयोजकको सोल्मास्थित खेलमैदान । माथिल्लो भेग र चिसो मौसम । रोमाञ्चक खेलका साथै होली पर्बका कारण पनि खैलमैदान तथा आसपासका क्षेत्र रंगिन यसै थियो । सद्भावको रंगमा रंगिएका मान्छेहरु बबिना किरातीको गायकीमा झनै रङ्मगिएका थिए । समापनमा बिशेष आकर्षण थियो बिशेष सांगीतिक प्रस्तुति । साँझ हुर्कंदै जाँदा मञ्च सामुन्ने भीड बाक्लिँदै गयो । सिमसिम बर्षा हुन थाले पनि कसैलाई पर्वाह थिएन ...

हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार
खोटाङ, २५ फागुन । हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवम् पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि नेपाल सरकारका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतको हातबाट लोगो सार्वजनिक गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । पूर्वअर्थमन्त्री डा. महतसँगै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राई लगायतले ११५ औँ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सातवटा लोगो कार्यालयमा आएको नगरपालिकाले जना...

प्रथम राष्ट्रिय बाँस सम्मेलन : खोटाङलाई ‘बाँसको राजधानी’ बनाउन पहल गर्ने निर्णय

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, १८ फागुन । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणा–पत्रमा यस्तो निर्णय समेटिएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन १५ गते शुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ । खोटाङ घोषणा–पत्रमा बा...

प्रथम राष्ट्रिय बाँस सम्मेलन : बाँस उद्यमी तथा व्यवसायीहरु उत्साहित

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, १६ फागुन । जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने बाँस सम्मेलनको औपचारिक उद्घाटन बिहीबार नेपाल सरकार, सङ्घीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गर्नुभएको हो । दिक्तेलस्थित खाेटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । बाँस सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरु स्टलकाे रुपमा प्रदर्शनीमा राखिएको छ। सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकार लगायतगरी ५१ वटा स्टल राखिएकाे आयोजकले गरेको छ । यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङ लगायतको पनि व्यवस्था ग...