पीपीआर रोगविरुद्ध बागमती प्रदेशमा साढे पाँच लाख बाख्रामा खोप लगाइयो
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
हेटौँडा, फागुन २० गते । भेडा, बाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप अभियान अन्तर्गत बागमती प्रदेशमा साढे पाँच लाख बाख्रामा खोप लगाइएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साताव्यापी खोप अभियान अन्तर्गत शनिबारसम्ममा पाँच १ लाख ४० हजार ८१ वटा प्रदेशको १३ जिल्लामा गरी बाख्रामा पीपीआर रोगविरुद्धको खोप लगाइएको हो ।
मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बुधबारदेखि सुरुभएको पीपीआर रोगविरुद्धको खोप अभियान अन्तर्गत प्रदेशभित्र भेडा–बाख्रालाई लगाउन पीपीआर रोगविरुद्धको १५ लाख ९४ हजार खोपको मात्रा उपलब्ध भएको छ ।सङ्घीय सरकारमार्फत प्राप्त खोपको मात्राले हाल प्रदेशभित्र किसानले पाल्दै आएको भेडा–बाख्रामध्ये ५८.४२ प्रतिशतलाई मात्र पीपीआर रोगविरुद्धको खोप पुग्ने भएको छ ।
यस प्रदेशमा किसानले २६ लाख ७७ हजार २७५ भेडा, बाख्रा पालन गर्दै आएको मन्त्रालयको तथ्याङ्क छ । यस प्रदेशमा हालसम्म सब...
