Thursday, June 4

पर्यटन

किराती प्रथम राजा यलम्बरको शालिक उद्घाटन अझै अन्यौलमा

किराती प्रथम राजा यलम्बरको शालिक उद्घाटन अझै अन्यौलमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार
खोटाङ, १२ मङ्सिर । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको आठ महिना बित्यो । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहित पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्कमा कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको छ । करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने भनिएको यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्रा...
सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेपछि…

सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेपछि…

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ८ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बाँस तथा बाँसजन्य सामग्रीको प्रवद्र्धन तथा नीति निर्माणका लागि दबाब सिर्जना गर्न काठमाडौँमा सत्याग्रह बसेको चार महिनापछि सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गर्नुभएको हो । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत मार्गदर्शनले पहिलोपटक नेपालमा बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता दिएको छ । जसअनुसार बाँसबाट एकदेखि दुई तले आवासीय भवन, साना व्यावसायिक तथा औद्योगिक भवनहरू इन्जिनियरिङ डिजाइनका आधारमा निर्माण गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयबाट स्वीकृत भएको मार्गदर्शनलाई छिट्टै सङ्घीय मा...
आत्महत्या न्यूनीकरण गर्न ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक

आत्महत्या न्यूनीकरण गर्न ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ३ मङ्सिर । आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले तयार गरिएको ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक प्रर्दशन सुरु गरिएको छ । बालाचतुर्दशीको अवसर पारेर बुधबार खोटाङको धार्मिक एवम् पर्यटकीयस्थल कालिका भगवती मन्दिर परिसरमा प्रदर्शन गरिएसँगै नाटकको औपचारिक यात्रा सुरु गरिएको हो । बालाचतुर्दशीको अवसर पारेर कालिका भवगती मन्दिर परिसरमा मृतकहरूलाई सम्झेर सतबीउ– पलबीउ छर्ने धार्मिक परम्परा तथा यस दिन नागरिकको ठूलो उपस्थिति हुने भएकाले नाटक प्रदर्शन गरिएको कार्यक्रम संयोजक सोनामहाङ राईले बताउनुभयो । पछिल्लो समय जिल्लामा आत्माहत्या गर्ने व्यक्तिको सङ्ख्या बिकरालरुपमा बढ्दै गएपछि न्यूनीकरण गर्न युवा समूहले सडक नाटक प्रदर्शन सुरु गरेका हुन् । जिल्लाका एक युवा समूहले तयार पारेको सडक नाटक भोलि मङ्सिर–४ गते दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा बिहान ११ः०० बजे प्रदर्शन गरिने जनाइएको छ । सोही दि...

शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप : आयोजक र साकेला ‘ए’को विजयी यात्रा सुरु

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ३० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप–२०८२’ मा आयोजक योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति र साकेला ‘ए’ फुटबल टोलीले विजयी यात्रा सुरु गरेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ वाईसिएल नेपाल वडा कार्यसमितिले आयोजना गरेको प्रतियोगितामा निर्मलीडाँडा फुटबल क्लबलाई ट्राईब्रेकरमा तथा साकेला डाँडागाउँ ‘ए’ले बुवासुङलाई १–० ले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । आयोजक र निर्मलीडाँडाबीच भएको पहिलो खेलको निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा आयोजकले ५–३ को अन्तरले निर्मलीडाँडालाई पराजित गर्दै आयोजकले विजयी यात्रा सुरु गरेको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगिताको दोस्रो खेलमा साकेला डाँडागाउँ ‘ए’ले बुवा...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिविबीचमा सहकार्यका लागि समझदारी

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीचमा आपसी सहकार्य गर्नका लागि पाँच वर्षे समझदारी कायम गरिएको छ । ज्ञान, सीप र नवप्रवर्तनलाई परिचालन गर्दै सार्वजनिक हितमा सेवा गर्ने लक्ष्यका साथ नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीच आपसी समझदारी कायम गरिएको हो । शैक्षिक सहकार्य, प्रयोगात्मक अनुसन्धान र समुदाय केन्द्रित नवप्रवर्तनलाई अघि बढाउने साझा प्रतिवद्धतालाई स्वीकार गर्दै त्रिभुवन विश्वविद्यालयसँग आपसी समझदारी कायम गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । नगरपालिका र त्रिविबीचको दुई पक्षीय आपसी सहकार्यको माध्यमबाट वातावरण, कृषि, शिक्षा, जीविकोपार्जन, जलवायु सहनशीलता र नवप्रवर्तनमा जोड दिने मझदारी भएको छ । राजधानी काठमाडौँमा आइतबार भएको दुई पक्षीय भेलामा गरिएको पाँच वर्षे समझदारीपत्रमा नगरपालिकाकोतर्फबाट नग...

पर्यटकीयस्थलको प्रवद्र्धन गर्न माओवादी केन्द्रको जनश्रमदान अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिले जनश्रमदानमार्फत पर्यटकीयस्थलहरुको प्रवद्र्धन सुरु गरेको छ । स्थानीय जनता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध सुमधुर बनाउँदै गाउँपालिकाभित्र पर्ने पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले माओवादी केन्द्र गाउँपालिका कार्यसमितिले जनश्रमदान अभियान सुरु गरेको हो । जनश्रमदान अभियान अन्तरगत वडा नं. २ वाप्लुखाको कपासेभञ्ज्याङमा निर्माणाधीन राष्ट्रिय विभूति पार्क (उद्यान) र रोक्सिमभञ्ज्याङको सोलढुङ्गा, सुम्निमा–पारुहाङ पार्क र सानो हलेसी गुफा आसपासका क्षेत्रको सरसफाइ तथा वृक्षारोपण सम्पन्न गरिएको माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कार्यसमितिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाभित्र प्राकृतिकरुपमै बनेका पर्यटकीयस्थलहरु धेरै छन् । तिनीहरुको प्रवद्र्धन गर्न सके...

सफा, सुन्दर र सँस्कारसहितको पालिका बनाउन साकेलामा श्रमदान अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ८ भदौ । झरी, बादल, वर्षा तथा सार्वजनिक बिदासमेत नभनी यतिबेला साकेला गाउँपालिका खोटाङमा जनश्रमदान अभियान सञ्चालन भइरहेको छ । श्रमदान अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने लगायतका काम थालिएको हो । गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध जेसिबी र ट्याक्टरको साथमा केही प्राविधिक र कर्मचारीको साथमा दिनहुँ जनश्रमदानमा भेटिनुहुने गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियान चलाउनुभएको छ । भौतिक विकासले मात्र परिवर्तन सम्भव नहुने बताउनु...

बेलुका सात बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेलुका सात बजेपछि धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक लगाएको छ । सौन्दर्यकरण गर्नेक्रममा झिलीमिली बत्तीसहित विभिन्न संरचान तयार गरिएसँगै राति अबेरसम्म मानिसहरुको भीडभाड तथा होहल्ला हुन थालेपछि नगरपालिकाले आज (भदौ–१ गते)बाट लागू हुनेगरी बेलुका सात बजेपछि भगवती मन्दिर तथा मझुवागढी प्रवेशमा रोक लगाएको हो । कालिका भगवती मन्दिर तथा मझुवागढीमा राति अबेरसम्म मानिसको भीडभाड तथा होहल्ला भएको गुनासो आएपछि शान्तिसुरक्षाको दृष्टिकोणले बेलुका सात बजेपछि आवतजावतमा रोग लगाइएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभएको छ । “धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा मझुवागढी प्रवेशका लागि निश्चित समय निर्धारण गर्नुपर्ने सुझाव आएको छ । जिल्ला सुरक्षा समिति तथा स्थानीयको सुभावको आधारमा ...

धार्मिक तथा पर्यटकीयस्थलहरुमा धामीझाँक्रीको बृहत् मेला

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, २४ साउन । श्रावण शुक्ल पूर्णिमाको दिन (आज) ढोलेतालेसहित ढोल, ढ्याङ्ग्रो र झ्याम्टाको तालमा गीत गाउँदै र नाच्दै धार्मिक तथा पर्यटकीयस्थलहरुमा पुगेका धामीझाँक्रीहरु देवीदेवताको पूजाआरधाना गरिरहेका छन् । साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्रीहरु श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरु गएर नुहाउनुका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान÷शक्ति) प्राप्तिका लागि प्रार्थना गर्ने गर्छन् । गुप्तवास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । परापूर्वकालदेखि चलिआएको धार्मिक मान्यताअनुसार धामीझाँक्रीहरु जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक एवम् पर्यटकीयस्थलहरुमा आफ्ना ढोलेतालेसहित नुहाउन तथा पूजाआजा गर्न पुग्ने गरेका छन् । महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्रीहरु आज (शनिबार) बिहानैद...

किरात ऐतिहासिकस्थल ‘तुवाचुङ–जायजुम’लाई हराभरा बनाउन वृक्षरोपण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, २३ साउन । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको ‘तुवाचुङ–जायजुम’को संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको छ । परिवर्तन सङ्घ खोटाङले शुक्रबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङ र स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको विभिन्न प्रजातिका फलफूलका एक हजार १८० वटा बिरुवा रोपिएको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र १० अर्खौलेको सिमानामा अवस्थित किरात ऐतिहासिकस्थल तुङचुङ–जायजुमलाई वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको सङ्घका अध्यक्ष तपसेन राईले जानकारी दिनुभएको छ । “किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम खुला ठाउँमा छ । यसलाई संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउने लक्ष्य लिएका छौँ । यो पहिलो चरणको कार्यक्रम हो”, उहाँले भन्नुभयो, “आगामी दिनमा मौषमी फलफूलका बिरुवा पनि रोप्ने योजना बनाएका छौँ । यसले आन्तरिक तथा बाह्य...