Thursday, June 4

पर्यटन

साकेला उँभौली चाड : चुल्हा तथा भूमि पूजा गर्दै ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार
खोटाङ, २९ वैशाख । किरात समुदायको प्रमुख अर्थात् महान चाड साकेला (उँभौली) आज (सोमबार)देखि औपचारिकरुपमा शुरुवात् भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उँभौली) चाड मनाउने चलन छ । साकेला उँभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीहरुमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । माँझ किरात भनेर चिनिने खोटाङका किरात बस्ती रहेको हरेक गाउँ तथा बस्तीहरुमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदान–प्रदानसहित महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गरिएको छ । साकेला उँभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उँभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिए...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२ : पहिलो दिन हाफ म्याराथनसहित दौड प्रतियोगिता

अर्थ, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, संगीत, समाचार, साहित्य
खोटाङ, २७ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आज (वैशाख–२७ गते)देखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरुष हाफ म्याराथनसहित दौड, खुला महिला÷पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) ख...

दिक्तेलमा वैशाख–२७ गतेदेखि हुने ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को तयारी पूरा

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार, साहित्य
खोटाङ, २६  वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले भोलि (वैशाख–२७ गते)देखि जेठ–४ गतेसम्म सञ्चालन गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका  खुला महिला÷पुरुष हाफ म्याराथन, खुला महिला÷पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन भोलि (वैशाख–२७ गते) खुला...

उँभौलीको मझेरीमा बृहत मुन्दुमी साँस्कृतिक साँझ

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, २२ वैशाख । किरात राईहरुको महान चाड साकेला उँभौलीको अवसर पारेर खोटाङमा बृहत मुन्दुमी साँस्कृतिक साँझको तयारी गरिएको छ । किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्य समितिको संयोजनमा आगामी वैशाख–२७ गते दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा मुन्दुमी साँझ आयोजना गर्ने तयारी गरिएको हो । किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङ, किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ र किरात सेवा समाज खोटाङको आयोजनामा कार्यक्रम सम्पन्न हुने किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिका महासचिब पदम थुलुङ राईले सुनाउनुभयो । कार्यक्रममा चर्चित गायिका पार्वती राई, चर्चित गायक भिषण मुकारुङ राई, गायक तथा सँगीतकार राई नवीन, गायिका ईन्द्रकला राई लगायतका गायक–गायिकाको प्रस्तुति रहने महासचिब थुलुङ राईले जनाउनुभयो । उँभौलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान साँझम...

शिक्षक आन्दोलनको प्रभाव : वैशाख–१५ गतेबाट दिक्तेल बजारमा हुने बृहत् महोत्सव १२ दिनपछि सारियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, शिक्षा, संगीत, समाचार, समाज, साहित्य
खोटाङ, ९ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ शिक्षक आन्दोलनका कारण प्रभावित भएको छ । यही वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा सञ्चालन गर्न लागिएको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित भएको हो । वैशाख–१५ गतेदेखि गर्ने तयारी गरिएको महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित हुने भएपछि १२ दिनपछि वैशाख–२७ गतेबाट शुरु गर्नेगरी सारिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “महोत्सवको प्रमुख उद्देश्य भनेको व्यवसायिक खेलाडी उत्पादन गर्दै खेलकुदको माध्यमबाट जिल्लाको प्रर्यटन प्रवद्र्धन गर्नु हो । हामीले आयोजना गर्ने महोत्सवमा सहभागी हुने अधिकांश खेलाडी विद्यालयमा छन् । शिक्षक आन्दोलनका कारण अ...

‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न, स्थानीयवासी उत्साहित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न भएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ को अवसर पारेर नगरपालिकाले वैशाख–१ र २ गते पर्यटकीयस्थल हुर्लुङमा आयोजना गरेको दुई दिने महोत्सव सम्पन्न भएको हो । संसारकै लोपोन्मुख वन्यजन्तुको सूचिमा रहेको रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वैशाख–१ र २ गते महोत्सव आयोजना गरिएको थियो । दुई दिने महोत्सवको अवसर पारेर ‘रेडपाण्डा तथा थार रुट’को शुभारम्भ तथा नक्सासमेत सार्वजनिक गरिएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङबाट रुपाकोट हुँदै बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामाकरण गरिएको छ । रेडपाण्डा तथा थार रुटको औपचारिक शुभारम्भ अभिनेता एवम् म...

प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ : ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, १ वैशाख । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ शुरु भएको छ । विश्वमै लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटकन प्रवद्धन गर्ने उद्देश्यका साथ नगरपालिकाले पर्यटकीयस्थल हुर्लुङमा वैशाख–१ र २ गते (दुई दिने) महोत्सवको आयोजना गरेको हो । दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिसँग सम्बन्धि पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादनहरु स्टलको रुपमा राखिएको छ । नयाँ वर्ष–२०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरुसमेत स्टलको रुपमा प्रदर्शन गरिएको छ । नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिताहुनेगरी महोत्सवको आयोजना गरिएकाले स्...

प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ : लोपोन्मुख जीवजन्तु संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा जोड

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ३१ चैत । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर खोटाङमा आयोजना गर्न लागिएको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नयाँ वर्ष–२०८२ को अवसर पारेर वैशाख–१ र २ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’को सम्पूण तयारी पूरा भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको हुर्लुङमा आयोजना गर्न लागिएको महोत्सव सफल बनाउन स्वतः स्फूर्तरुपमा नगरवासी लागिपरेका छन् । नगरपालिकाभित्र बसोवास गर्ने विभिन्न जातजातिका समुदायले आ–आफ्नो संस्कार–संस्कृति झल्किने परम्परागत घर तथा स्टलहरु छुट्टाछुट्टै निर्माण गरेका छन् । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्मुख रेड पाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सवको आयोजना गरिएको नगरप्रमुख तीर्थरा...

सुम्निमा र पारुहाङको सालिक तोडफोडको घटनाप्रति गाउँपालिका प्रमुखद्धारा भत्र्सना

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, ३० चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिक–६ छितापोखरीको मैस्याङटारस्थित सुम्निमा–पारुहाङ पार्क (उद्यान)मा निर्माण गरिएको किराती पुर्खाहरु सुम्निमा र पारुहाङको सालिक तोडफोड भएको घटनाप्रति गाउँपालिकाले भत्र्सना गरेको छ । लगत मनसायका साथ गएराति अज्ञात समूहले सुम्निमा र पारुहाङको सालिक तोडफोड गरेकोे भन्दै गाउँपालिका प्रमुख लोकेन्द्र राईले आज (शनिबार) विज्ञप्तिमार्फत भत्र्सना गर्नुभएको हो । गाउँपालिकाको मुख्य पर्यटकीयस्थलमध्यको रणनीतिक महत्वको क्षेत्रमा रहेको पार्कमा निर्मित सालिक तोडफोड भएको घटना निन्दनीय र निकृष्ट रहेको गाउँपालिका प्रमुख राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । अक्षम्य आपराधिक घटनाको गम्भीर अनुसन्धान गरी चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कानून बमोजिम कडाभन्दा कडा सजायको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकार्षण गराइएको छ । किराती पुर्खाहरुको सालिक तोडफोड गर्नेल...

रेडपाण्डा तथा थार महोत्सवको तयारी तीव्र, नायक दयाहाङ राईले उद्घाटन गर्नुहुने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २८ चैत । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर खोटाङमा आयोजना गर्न लागिएको ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’को तयारीलाई भव्य र तीव्र बनाइएको छ । नयाँ वर्ष–२०८२ को अवसर पारेर आगामी वैशाख–१ र २ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सफल बनाउनका लागि तयारीलाई भव्य र तीव्रता दिएको हो । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्मुख रेडपाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सवको आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना हुने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन आकर्षणको रुपमा राखिने आयोजकले जनाएको छ । स्थानीय कच्चा पदार्थबाट उत्पादित सा...