ठेकेदारको ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै रह्यो
खोटाङ, ३० असार । ठेकेदारको ढिलासुस्तीका कारण खोटाङको दुई सडक कालोपत्र योजना अधुरै रहने भएको छ । मध्यपहाली लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसेलुखर्कबजार जोड्ने सडक र सोही सडकखण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक ठेकेदारको चरम ढिलासुस्तीका कारण कालोपत्र योजना अपुरो हुने भएको हो ।
कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको यी दुई सडकको काम कालोपत्र गर्ने चरणमा पुगेपछि अलपत्र परेको छ । दुवै सडकको कालोपत्रको काम यही असार–१५ गतेभित्र सक्नेगरि निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमा ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले सडकमा कालोपत्र हाल्नका लागि आवश्यक सामग्री तयार पारेपनि म्याद र मौसमका कारण काम अघि बढ्न नसकेको भौतिक पूर्वाधार विकास कार्याल...









