खोटाङबजारबाट भोजपुर जोड्ने सडकखण्डको सावाखोलामा मोटरेबल पुल सञ्चालन
खोटाङ, २० असार । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारबाट छिमेकी जिल्ला भोजपुर जोड्ने सडकखण्डको सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । सङ्घीय सरकारको समपुरक अनुदानमा खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र सोही गाउँपलिकाको वडा नं. ३ सावाकटहरेको सीमानामा पर्ने सावाखोलामा निर्माण गरिएको मोटरेबल पुल शनिबारबाट सञ्चालनमा ल्याइएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र भोजपुरको राप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीस्थित पाप्माखाम भञ्ज्याङ जोड्ने यो सडकखण्डको सावाखोलामा भ्याटसहित रु तीन करोड सात लाख ७३ हजार ५९८ मा मोटरेबल पक्की पुल निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ चिप्रिङका वडाध्यक्ष किरण राईले जानकारी दिनुभएको छ । करिब आठ वर्षदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको यो सडकखण्डमा पर्ने सावाखोलाको मोटरेबल पक्की पुल ठेकेदार कम्पनी एवै–शुभ एण्ड ध्रुव–श्या...









