Monday, April 20

बाख्रा फार्ममा आगोलागी हुँदा २४० वटा बाख्रा जलेर मरे

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० मा आगोलागी हुँदा २४० वटा बाख्रा जलेर मरेका छन ।स्थानीय विनोद खड्काको बाख्रा फार्ममा गएराति करिव १२ बजेतिर लागेको आगोले फार्ममा पालिएका १३ वटा बोकासहित २ सय ४० वटा बाख्रा जलेका हुन ।

जलेका सबै बाख्रा उन्नत बोयर जातको भएको फार्म सञ्चालक खड्काले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।खड्काले बनाएको आधुनिक फार्ममा लागेको आगोले २० देखि २५ मिनेटमै सबै बाख्रा खरानी भएका थिए । उनको खोर ९० मिटर लामो थियो ।

आगो लागेपछि एउटा बोकासहित १५ वटा बाख्रालाई भने खोरबाट निकालिएको थियो । ती बाख्राहरु पनि जलेर घाइते भएका छन ।खड्काका अनुसार आगोलागिबाट करिब २ करोड रुपैँया बराबरको क्षति भएको छ ।

उनले यो फार्म ६ बर्षदेख संचालन गर्दै आएका थिए ।आधुनिक ट्रस्ट राखेर बनाइएको यो बाख्रा फार्म सिन्धुपाल्चोककै नमूना फार्म भित्र पर्छ ।जलेर मेरका मध्ये ६० वटा बाख्राको विमा गरेको र अरुको भने वीमा नभएको खड्काले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीय प्रशासनले घटनास्थलको सबै मुचुल्का तयार पारेर लगेको पनि उनले जानकारी दिए ।