
वेयरेबल फिटनेस ट्रयाकिङ डिभाइसहरू को द्रुततर बिकाश भैरहेको बेलामा एप्पलले भने म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको एयरपड्स ल्याउन लागेको छ । गत वर्ष एप्पलका इन्जिनियरले एयरपड्समा लो रेजोलुसनका क्यामेरा सेन्सर कसरी अटाउने भन्ने विषयमा चर्चा गरेका थिए ।
अब सार्वजनिक हुने नयाँ एयरपड्समा भने क्यामेरा र अन्य एआई फिचर हुने ब्लुमबर्गले उल्लेख गरेकाे छ । त्यस्तै स्मार्ट ग्लासमा पनि कम्पनीले बिल्टइन स्पिकर, क्यामेरा, हेल्थ सेन्सर र एआई फिचर समावेश गर्नेछ । अहिले यो प्रविधि विकासकै क्रममा भएकाले कहिले सार्वजनिक हुन्छ भन्ने विषय खुलेको छैन ।
