भिडियो-काठमाडौं, ३० असोज । संगीत सर्जक इशान बशन्त लामाको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानको ‘नजिक–नजिक आउन तिमी’ बोलको गीत बजारमा आएको हो । चार मिनेट ५१ सेकेण्ड लामो गीतलाई इशान बशन्त लामा अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रोमान्टिक लभ सङमा स्वयं इशानको शव्द, संगीत र स्वर रहेको छ । गीतको एरेञ्जर सन्जय हमाल र रेकर्डिस्ट अजय अधिकारी हुन् ।
मिक्सिङ/मास्टरिङ पनि अजय अधिकारीले नै गरेका छन् । केही समयपछि ‘नजिक–नजिक आउन तिमी’को म्यूजिक भिडियो तयार पार्ने गायक तथा संगीतकार इशानले बताए ।
संगीतका क्षेत्रमा समर्पित इशानको यसअघि दर्जनौं गीत बजारमा आइसकेको छ । ‘आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हुँ, बुद्धम शरणम गच्छामी’ लगायतका बोलको गीत उनका रुचाइएका गीत हुन् । गायक इशान डेढ दशकदेखि औपचारिकरुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन् । भिडियो-
