खोटाङ, ८ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खरिद गरेको १९ वर्षपछि जग्गासहितको खानेपानी मुहान वडा कार्यालयको नाममा पास गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा खानेपानी लैजाने गरि २०६२ सालमा खरिद गरिएको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको सहरबोटे मुहान वडा कार्यालय च्यास्मीटार र बडहरेको नाममा पास गरिएको हो ।
तत्कालिन दुई गाबिसको कार्यालयबाट बिनियोजन गरिएको बजेटमा खरिद गरिएको १८ रोपनी खेतसहितको मुहान नगरपालिकाको पहलमा कात्तिक ७ गते वडा कार्यालय च्यास्मीटार र बडहरेको नाममा पास गरिएको छ ।
बेदमायाँ राउतको नाममा रहेको जग्गा सहितको मुहान २०६६ चैतमा बडहरेका केसीराज मगर र भुमीराज राईको नाममा पास गरिएको थियो । दशकौंसम्म व्यक्तीको नाममा राखिएको मुहानलाई जिल्ला मालपोत कार्यालयमार्फत जनताको नाममा नामसारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । –थप समाचार भ्युज अफ नेपालको पेजमा ।
