खोटाङ, ८ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–४ बडरहेको सिमानामा पर्ने बोझेओढारस्थित गुफा जाने बाटोमा झरेको पहिरो पन्छाइएको छ । कर्णेश्वर महादेव तथा जय विश्वकर्मा बाबा मन्दिरबाट गुफासम्म जाने बाटोमा झरेको पहिरो स्थानीय युवा नवराज घतानीको नेतृत्वमा कात्तिक ८ गते पन्छाइएको हो ।
गत असोज १२ गतेको भारी वर्षाका कारण बोझेओढारको गुफा जाने सिँढीमा पहिरो झरेको थियो । पहिरो झरेपछि स्थानीयलाई गुफा जान–आउन कठिन भइरहेको थियो । गुफा जाने बाटोमा झरेको पहिरोको अवरोध श्रमदान जुटाएर हटाइएको अगुवा घतानीले जानकारी दिए ।
गुफा जाने बाटो मर्मतका क्रममा मन्दीर व्यवस्थापन समितिका अध्यक्ष महेश अधिकारी लगायतले श्रमदान गरेका थिए । बाटो मर्मत गर्न बोझेओढार व्यवस्थापन समितिले पनि सहयोग गरेको थियो । बोझेओढार धार्मिक तथा पर्यटीय दृष्टिकोणले महत्वपूर्ण स्थल मानिन्छ । गुफा जाने बाटोको पहिरो पन्छाउने क्रममा मन्दिर परिषर समेत सरसफाई गरिएको छ ।
