Tuesday, April 21

माओवादी केन्द्र साकेला गाउँपालिका अध्यक्षमा उन्नत राई

खोटाङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) साकेला गाउँपालिका कार्यसमितिको अध्यक्षमा उन्नत राई चयन हुनुभएको छ । माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिको दोस्रो सम्मेलनले उन्नत राईको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन भएको गरेको हो ।

समितिको उपाध्यक्षमा भरत बस्नेत, गौतम राई र भोला फुयाल, सचिवमा गोविन्द तामाङ, सहसचिवमा सर्मिला भट्टराई कोषाध्यक्ष नीर चाम्लिङ चयन हुनुभएको छ । गाउँपालिका कार्यसमितिको सम्मेलन उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामुकुमार राई ‘पासाङ’, केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज ध्रुब बुढाथोकी ‘धिरेन’, प्रदेश अध्यक्ष हर्क नेम्वाङ ‘मिक्सो’, उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, प्रदेश सचिवालय सदस्य एवम् जिल्ला सहईन्चार्ज सुरेश राई, प्रदेश सदस्य एवम् जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, प्रदेश सदस्य एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ईन्चार्ज होमकाजी आचार्य ‘विनोद’, प्रदेश सदस्य एवम् साकेला गाउँपालिका ईन्चार्ज अर्जुन खड्का ‘झङ्कार’ लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलन उद्घाटन कार्यक्रमको अवसर पारेर नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरि दर्जनबढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको जनाइएको छ । विभिन्न पार्टी परित्यागगरी माओवादी केन्द्र प्रवेश गर्नुहुने नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्रीसमेत रहनुभएका नेता पासाङ लगायतले स्वागत गर्नुभएको छ ।