Monday, April 20

हलेसीमा मृत शवको आफन्त पत्ता लागेन

फागुन–१६, खोटाङको हलेसी मन्दिर परिसरमा भेटिएको बेवारिसे शवको आफन्त पत्ता लाग्न सकेको छैन । हलेसी तुवाचुङ नगरपालिका–७ स्थित हलेसी मन्दिर परिसरमा दुई बर्ष अघिदेखि माग्दै जीविकोपार्जन गर्दै आएका अन्दाजी ६०–६५ बर्षका पेम्बा शेर्पा भनिने ब्यक्ति बिहिबार मृत अवस्थामा फेला परेका हुन् ।

सोलुखम्बु जिल्ला ठेगाना बताउने ब्यक्ति बिहिबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले उल्लेख गरेको छ । दिनको अन्दाजी साढे तीन बजे फेला परेको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङको सब गृहमा राखिएको प्रहरी कार्यालयले जनाएको छ । हालसम्म पनि आफन्त पत्ता लाग्न नसकेको मृतकलाई कोहीे चिने–जानेका ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय तथा नीजको आफन्तसम्म खबर पु¥र्यादिन प्रहरीले आग्रह गरेको छ ।

गहुँगोरो बर्ण भएको मृतकले हरियो रंगको टोपी, कालो रंगको ज्याकेट, रातो रंङको टिसर्ट, सेतोमा कालो धर्का भएको ट्र्याक कालो नाई लेखिएको जुत्ता लगाएको प्रहरी कार्यालयबाट जानकारी भएको छ । मृतक शेर्पा प्लास्टिकको फर्म अर्थात म्याट्रिस ओछ्याई सिरक ओढेर मन्दिर परिसरमा बस्दै आएका थिए ।

मृत फेला परेको शेर्पा दमको बिरामी रहेको बताईएको छ । गत बुधबार महाशिवरात्रीको अवसरमा हलेसीमा बिशेष मेला लागेको थियो । ।