Monday, April 20

नेपाल मगर सङ्घ खोटाङको अध्यक्षमा युवराज मगर चयन

खोटाङ, १८ फागुन । नेपाल मगर सङ्घ खोटाङको अध्यक्षमा युवराज मगर चयन हुनुभएको छ । दिप्रुङ चुइचुमा गाउपालिकाको टेम्मामा सम्पन्न मगर सङ्घको चौथो जिल्ला सम्मेलन युवराज मगरलाई सर्वसम्मत् जिल्ला अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रकाश खपाङ्गी मगर, सचिवमा प्रेमबहादुर मगर, सहसचिव एल्बी लुङ्गेली मगर र कोषाध्यक्ष पहलमान मगर चयन हुनुभएको छ । मगर सङ्घका केन्द्रीय महासचिव टेकबहादुर नामझाली मगरको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको सम्मेलनले २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।