खोटाङ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङको अध्यक्षमा ईश्वर लम्साल चयन हुनुभएको छ । शिक्षक सङ्गठनको १३ औँ जिल्ला अधिवेशनबाट २७ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा लम्सला सर्वसम्मत् चयन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा नवीन चाम्लिङ र निर्मला कार्की, सचिवमा संसारमान राई, कोषाध्यक्ष हरिराम बस्नेत, सहकोषाध्यक्षमा चित्रकला भुजेल र सहसचिव मञ्जु अधिकारी चयन हुनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमिति खोटाङको अध्यक्ष टंक कटवालको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय महासचिव हस्तबहादुर शाहीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
दिक्तेलस्थित शुभम् फाउण्डेशनमा सम्पन्न कार्यक्रममा प्रमुख वक्ताको रुपमा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई रहनुभएको थियो । दुई दिनसम्म चलेको जिल्ला अधिवेशनमा एमाले खोटाङका जिल्ला अध्यक्ष देवबिक्रम राई, उपाध्यक्ष कुमार आचार्य, सचिव सुरेन्द्रकुमार राई, पूर्वजिल्ला अध्यक्ष रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य एवम् दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेस सदस्य केशर राईलगायतको उपस्थिति रहेको थियो ।
