बैशाख-२८, किरात राईहरुको महान चाड साकेला उभौलीको पुर्वसन्ध्यामा खोटाङमा बृहत मुन्दुमी साँस्कृतिक साँझ सम्पन्न गरिएको छ। किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिको संयोजन तथा किरात राई यायोक्खा जिल्ला कार्य समिति लगायतको आयोजनामा बृहत मुन्दुमी सास्कृतिक साँझ सम्पन्न गरिएको हो । किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङ र किरात सेवा समाज खोटाङको समेत आयोजनामा मुन्दुमी साझ शनिबार सम्पन्न भएको हो । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा सम्पन्न कर्यक्रममा चर्चित गायिका पार्बती राई, चर्चित गायक भिषण मुकारुङ राई, गायक तथा सङगीतकार राई नबीन, गायिका ईन्द्रकला राई लगायतका गायक-गायिकाले किरात राई समुदायको मौलिक सस्कृति झल्किने तथा किराती जागरणका गीतहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा किराती मौलिकता झल्कने गतिबिधीका दृश्य तथा सामाग्रीहरु समेत प्रदर्शन तथा प्रस्तुत गरिएको किरात राई सास्कृतिक कलाकार संघको केन्द्रीय महासचिब पदम थुलुङ राईले जनाउनुभयो । उभौलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान साँझमा मेनुका राई, शुशिला राई, डिबी राई, खुशेनिछो चाम्लिङ, धनिराम नछुङ तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । उक्त साँझमा सास्कृतिक कलाकार संघ केन्द्रीय अध्यक्ष तथा अन्बेशक शालिक सताशक राईले बिशेष बक्तब्य राख्नुभयो । बैशाख २९ गते अर्थात सोमबारदेखि देखि खोटाङ लगायत देशभर उभौली(साकेला)धुमधाम शुरु हुदैछ । अन्नबाली नष्ट नहोस, रोगब्याधी नलागोस, सुब्यफाब्य होस भन्दै भुमि तथा पित्रीको पुजाआजा गर्दै उभौली शुरु गरिन्छ ।
जलचर- थलचर उधो अर्थात बेशिँदेखि उभो लाग्ने समय उभौली र उभोदेखि उधो झर्ने बेला या जाडोयाम मङ्सिरदेखि उधौली मान्ने गरिएको पुर्खाहरु बताउँछन ।
इ
