
खाेटाङ, २२ फागुन । खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरन राईकाे निरन्तर अग्रता बढ्दै गएकाे छ । केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाकाे छ हजार १७७ मत गणना गर्दा आरेनकाे दुई हजार ३७६ मत पुगेकाे छ ।
नेपाली काँग्रेसका वीरकाजी राईकाे एक हजार ४२५, नेपाल कमयुनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे ६५५, नेपाली कम्युनिष्ट पार्टीका डा. हरि राेकाकाे ७४२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीकाे २७७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङकाे १५, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईकाे ११०, जनता समाजवादी पार्टी नेपालका सुनिल राईकने ११, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईकाे ३३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकीकाे सात, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङकाे दुई, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालकाे दुई, मङ्गाेल नेसनल अर्गनाइजेसन पार्टीका प्रयाग राईकाे चार तथा स्वतन्त्र उम्मेदवारहरु डा. राजकुमार राईकाे एक र तीलकचन्द्र राईकाे चार मत खसेकाे छ । गणना सकिएकाे मतमध्ये ३०१ मत बदर भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ।
केपिलासगढी गाउँपालिकाकाे गणना सकेर अलिले ऐसेलुखर्क गाउँपालिकाकाे गणना सुरु गरिएकाे छ । केपिलासगढी गाउँपालिका आरेन र वीरकाजीकाे गृह पालिका हाे ।
एक लाख ४७ हजार १२० मतदाता रहेकाे जिल्लामा ६३ हजार ३५ मत मात्र खसेकाे जनाइएकाे छ । मत गणनालाई छिटाे सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुईवटा मतगणनास्थल निर्माण गरेर गणना सुरु गरिएकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएकाे छ ।
