Sunday, September 13

किरात राई पत्रकार सङ्घ खोटाङको अध्यक्षमा कृष्णकला राई चयन

खोटाङ, २८ भदौ । किरात राई पत्रकार सङ्घ खोटाङको अध्यक्षमा कृष्णकला राई ‘सुनिता’ चयन हुनुभएको छ । किरात राई पत्रकार सङ्घको आइतबार दिक्तेलमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत् चयन हुनुभएको हो ।

किरात राई पत्रकार सङ्घको नवनिर्वाचित जिल्ला अध्यक्ष कृष्णकर्ला नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको सदस्यसमेत हुनुहुन्छ । जिल्लामा रहेर खोटाङ टु डे डटकम सञ्चालक गर्दै आउनुभएकी रार्ई भर्खरै सम्पन्न नेपाल प्रेस युनियन खोटाङको उपाध्यक्ष बन्नुभएको थियो ।

किरात राई पत्रकार सङ्घको सात सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्ष योगिन राई, सचिवमा राजहरि राई, सहसचिवमा मनिता राई र कोषाध्यक्ष मिनाक्क्षी राई ‘आत्मा’ चयन हुनुभएको छ । जिल्ला सदस्यहरुमा पवन राई र रोषण राई ‘पङ्की’ चयन हुनुभएको निर्वतमान अध्यक्ष अधिराज राईले जानकारी दिनुभएको छ ।

किरात राई पत्रकार सङ्घको सङ्घीय महाधिवेशन प्रतिनिधिमा रामधन राई ‘बेदना’, सीताराम राई ‘सन्जीव’ र मिनाक्क्षी राई चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन राईले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ ।

दिक्तेलस्थित हलेसी न्यूज नेटवर्क प्रा.लि.को कार्यालयमा आयोजित जिल्ला अधिवेशनमा नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति थियो । अधिवेशनबाट निर्वाचित किरात राई पत्रकार सङ्घ खोटाङको कार्यसमितिको पहिलो बैठकले सङ्घको आगामी नीति तथा कार्यक्रमसमेत तय गरेको जनाइएको छ ।