Monday, September 21

किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जसराज किराती

खोटाङ, ४ असोज । किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जसराज किराती चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आइतबार साँझ सम्पन्न यायोक्खाको दशौँ जिल्ला अधिवेशनबाट किराती सर्वसम्मत् अध्यक्षमा चयन हुनुभएको हो ।

यायोक्खाको २० सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा रेखा राई र किसन राई चयन हुनुभएको जनाइएको छ । यस्तै, सचिवमा उदिम चाम्लिङ, सह–सचिवमा सुखदेव राई, डार्विन चाम्लिङ र मनि बान्तावा चयन हुनुभएको छ ।

जिल्ला कार्यसमितिको कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा प्रमिला राई चयन हुनुभएको यायोक्खाका निवर्तमान अध्यक्ष युगशन किरातले जानकारी दिनुभएको छ । त्यसैगरी, सदस्यहरूमा राजहरि राई, उजना राई, दीपक राई, युवराज राई, अविन्द्र राई, मुनिधन वाम्बुले राई, रविन राई, भविना राई, राजदेश राई, उमेश राई, सुनिता राई र वसन्त राई चयन हुनुभएको छ ।

नवनिर्वाचित जिल्ला कार्यसमितिलाई यायोक्खाका केन्द्रीय सचिव सुमन राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सचिव राईले यायोक्खालले राजनीतिक दलभन्दा माथि उठेर आफ्नो भाषा, संस्कार तथा संस्कृति संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ ।

जिल्लास्थित राजनीतिक दल तथा विभिन्न जातीय सङ्घ संस्थाका प्रतिनिधि सहभागी अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले किरात समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनीहरुले किरात समुदायको पहिचान, भाषा, संस्कृति तथा अधिकारका विषयमा विगतमा भएका आन्दोलन र अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।