राति १० बजेपछि देउसीभैलो नखेल्न÷नखेलाउन प्रशासनको आग्रह
खोटाङ, ३१ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले तिहार, नेपाल सम्वत् र छठ पर्वलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा मनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै चाडपर्वको समयमा सामाजिक सद्भाव, भातृत्व र शान्ति सुव्यवस्था कायम राख्न आग्रह गरेको छ ।
प्रचलित परम्परा अनुसार देउसीभैलो, नाचगान लगायतका सांस्कृतिक कार्यक्रम राति १०ः०० बजेसम्म मात्रै गर्न÷गराउन निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जारी गर्नुभएको सूचनामा उल्लेख छ । प्रशासनले जुवातास, लठ्ठेबाजी, भिडभाड, आतिशबाजी र मादक पदार्थ सेवन गरी अशान्ति सिर्जना नगर्न पनि अनुरोध गरेको छ ।
चाडपर्वलाई मर्यादित बनाउन प्रशासनले विष्फोटक पदार्थ तथा निषेधित वस्तुको ओसारपसार र प्रयोग नगर्नसमेत आग्रह गरेको छ । जिल्लामा शंकास्पद गतिविधि वा अपराधजन्य कार्य भए÷गरेको देखिएमा प्रहरीको टोल फ्री नम्बर १०० वा मोबाइल...
