मृत फेला परेकी रेश्मिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ
खोटाङ, २ असोज । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ– ३० गते मृत फेला पर्नुभएकी रेश्मिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही गाउँपालिकाका अन्दाजी १६–१७ वर्षीय एक किशोर पक्राउ परेका हुन् ।
स्थानीय अजम्बरी साना किसान कृषि सहरकारी संस्थामा कार्यरत रेश्मिकालाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा लगेर बलात्कारपछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । “पक्राउ परेका किशोरले घटनाबारे स्वीकार गरिसकेका छन् । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट चार दिनको म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका किशोरले आफू नाबालक रहेको बताएका छन् । उमेर प्रमाणित गर्न जन्मदर्ताको प्रमाणपत...
