मनसुनजन्य विपद् प्रतिकार्यका लागि संयुक्त उद्धार टोलीद्धारा अभ्यास प्रदर्शन
खोटाङ, २० जेठ । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले मनसुनजन्य प्राकृतिक विपत्तिमा परेका जिल्लावासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने उद्देश्यले दिक्तेलमा उद्धारसम्बन्धी अभ्यास (डेमोष्ट्रेशन) प्रदर्शन गरेको छ । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङको नेतृत्वमा आज (मङ्गलबार) साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित दिक्तेल–आहाले–खानीडाँडा सडकखण्डमा पर्ने खोँचमा संयुक्त अभ्यास प्रदर्शन गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति खोटाङद्धारा गठित संयुक्त उद्धार टोलीले मनसुनजन्य विपद्को समयमा पहिरो, खोँच तथा खोलामा फसेका सर्वसाधारणको उद्धार, प्राथमिक उपचार तथा स्वस्थ्य संस्थासम्म पु¥याउन अपनाइने विधिका बारेमा अभ्यास प्रदर्शन गरेका छन् । नेपाली सेना, जनपद प्रहरी तथा सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको संयुक्त उद्धार टोलीले अभ्यास प्रदर्शन गरेका हु...
