फोक्सिङटारको बेलिब्रिज झिकियो, तराईसँगको सिधा यातायात सेवा विच्छेद
खोटाङ, ८ जेठ । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज–१२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पको रुपमा यातायात सञ्चालन गर्न अस्थायी बेलिब्रिज जडान गरिएको थियो ।
खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा गत पुस–२७ गतेबाट अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो । कोशीमा पानीको सतह बढ्न थालेपछि जेठ–५ गतेबाट यातायात बन्द गरेर अस्थायी बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ ।
फोक्सिङटारको अस्थायी बेलिब्रिज निकालिएसँगै खोटाङबाट पूर्वी तराईका विभिन्न शहरसँगको सिधा यातायात सेवा विच्छेद भएको छ । सडक विभागको रु एक करोड दुई लाख लागतमा आर्यन कन्ट्रक्सन मल्ट...
