एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिले स्थापना ग¥यो सामाजिक परामर्श सेवा केन्द्र
खोटाङ, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिले दिक्तेलमा सामाजिक परामर्श सेवा केन्द्र स्थापना गरेको छ । जिल्लाका नागरिकले प्रशासनिक काम गर्दा खेप्दै आएका झमेलालाई सहजीकरण गरेर छिटो तथा सजिलो तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यसहित एमाले नगर कार्यसमितिले दिक्तेलमा सामाजिक परामर्श सेवा केन्द्र स्थापना गरेको हो ।
दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा स्थापना गरिएको सामाजिक परामर्श सेवा केन्द्र बिना राजनीति जुनसुकै पार्टीसँग आस्था राख्ने नागरिकलाई विशुद्धरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको एमाले नगर समितिका अध्यक्ष गोपालचन्द्र आचार्यले बताउनुभयो । “जिल्लास्थित सरकारी कार्यालयमा प्रणालीगत अनविज्ञताका कारण प्रशासनिक काम गर्न आउने सेवाग्राहीले धेरै दुःख पाउने गरेका छन् । उनीहरुलाई सहजरुपमा सेवा उपलब्ध गराउन हामीले सामाजिक परामर्श सेवा केन्...
