कफी खेती प्रवद्र्धनमा जुट्यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
खोटाङ, १ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफी खेती प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’ अन्तरगत स्थानीय कृषकलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवद्र्धन कार्यक्रम शुरुवात गरिएको हो ।
नगरपालिकाले शुरुवात गरेको निक्कै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नं.–६ नेर्पामा १२ लाख तथा वडा नं. १४ बुइपामा पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्कीइरहेका छन् ।
बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको कफीका बीउ पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन् । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब १०० जना कामदार खटिएका छन् ।
अहिले हुर्कदै गरेका बिरुवा अबको वर्ष दिनपछि...
