नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ चयन
खोटाङ, १४ पुस । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटोङको सभाहलमा गएराति सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका तामाङ अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।
तामाङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो।युनियनको खुला उपाध्यक्षमा चिरञ्जिवी आचार्य, समावेशी उपाध्यक्षमा भूपध्वज खत्री, महिला उपाध्यक्षमा ओमसरा राई, सचिवमा सुमन बास्तोला, सह–सचिवमा गिरिराज रानामगर र कोषाध्यक्षमा नवराज कटवाल चयन हुनुभएको छ । खुला सदस्यहरुमा डिल्लीप्रसाद ढकाल, खगेश्वर बञ्जारा, भोजराज आचार्य, महेश मिश्र, सन्तोष दाहाल, महिला सदस्यहरुमा कल्पना शर्मा र समिक्षा आचार्य तथा समावेशी सदस्यमा सुवास राई चयन हुनुभएको छ ।
समितिका अन्य तीनजना सदस्य पछि मनोनित गरिने न...
