उपभोक्ताको टोलमै पुगेर योजना सम्झौता गर्न अभियान
खोटाङ, १९ मङ्सिर । खोटेहाङ गाउँपालिकाले स्थानीय उपभोक्ताको घर तथा टोलमा पुगेर गाउँपालिकाद्धारा स्वीकृत योजना तथा कार्यक्रम सम्झौता अभियान शुरु गरेको छ । अभियान अन्तरगत चालू आर्थिक वर्ष २०८१÷०८२ मा गाउँसभाबाट स्वीकृत भएका वडास्तरीय, पालिकास्तरीय तथा प्रधानमन्त्री रोजगार कार्यक्रमहरु स्थानीय उपभोक्तासँग सम्झौता गर्नुका साथै अभिमुखीकरण कार्यक्रमसमेत शुरु गरिएको हो ।
स्वीकृत भएका योजना सम्झौता गर्न गाउँपालिकासम्म धाउनुपर्दा सम्बन्धित उपभोक्ता समिति र व्यक्तिको अधिक खर्च हुने तथा समय समेत खेर जाने भएकाले वडा तथा गाउँटोलमै पुगेर जनतालाई सेवा दिन अभियान शुरु गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो । “अभियानको पहिलो दिन मङ्सिर–१८ गते वाप्लुखामा चारवटा योजनाको सम्झौता, बैङ्क खाता खोल्ने र आठजना व्यक्तिसँग प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्झौता तथा लिकुवापोखरीमा छवटा ...
