Monday, September 14

#

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी

#
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा आज सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले समस्याग्रस्त सहकारी छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेशको विषयलाई लिएर निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ । समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुङ्गिन सकेको छैन । कार्यादेशको टुङ्गो लगाउन बनेको कार्यदलले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शिर्ष नेताहरूलाई कार्यादेशको टुङ्गो लगाउन जिम्मा दिएको छ । शिर्ष नेताहरूको शनिबार राती बालुवाटारको बैठकले पनि कार्यादेशको विषय टुङ्गो लगाउन सकेन । शिर्ष नेताहरूको बैठक आ...

सहकारीको ठगी प्रकरण संसदीय छानबिन समितिको टीओआरमा सहमति खोज्दै

#
काठमाडौँ- सहकारीको ठगी प्रकरणमा गठन हुने संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंग्गो लगाउन गठित कार्यदलको बैठक छलफल भएको छ । सिंहदरवारमा जारी बैठकमा नेपाली काँग्रेसले प्रस्ताव गरेको नयाँ विकल्पका बारेमा छलफल भएको बताइएको छ । संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम नराखे गोर्खा मिडिया नेटवर्क र उसले ऋण लिएका सूर्यदर्शन, सुप्रीम लगायतका सहकारीको नाम राखेर ति सहकारीहरुमाथिको छानबिनलाई समितिको क्षेत्राधिकर भित्र पार्नु पर्ने प्रस्ताव काँग्रेसले गरेको छ । कार्यदल तहमा भएको छलफलको निष्कर्ष सहित हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीनदलका नेताहरुको बैठक पनि बसेको थियो । कार्यदलको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत संलग्न भएको भनिएका सहकारीको छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ । गृहमन्त्री संलग्न सहकारीबाट गोर्खा म...

मन्त्री महासेठलाई मेयर बालेनको धुलो उपहार

#
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रिङ रोड सडक निर्माणमा विलम्व गरेकोमा नगरवासीले भोग्नु परेको भन्दै माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहाँर पठाएका छन् । काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै मेयर शाहले महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर पुर्याएका हुन । ”माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्द...

प्रतिनिधि सभाको बैठक स्थगित

#
प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । उनले बोलेलगत्तै सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी पक्राउ

#
नक्कली लेवलिङ गरेर कम्प्युटर बेचेको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्यानमार घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाल छन् । काठमाडौं महानगरपालिका–२२ मा मुकुन्द श्रेष्ठको घर भाडामा लिएरमा डेल कम्प्युटरको लोगो सादा कम्प्युटरमा लेवलिङ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।...

५ दिने अनलाइन तथा मोबाइल पत्रकारिता तालिम समापन

#
मंगलबारदेखि काभ्रेको धुलिखेलमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको अनलाइन तथा मोबाइल पत्रकारिता (मोजो) तालिम आज समापन भएको छ । सञ्चार र प्रविधिको विकासले फट्को मारिसकेको अवस्थामा बागमती प्रदेशमा क्रियाशिल पत्रकारको क्षमता विकास गर्न अबको पत्रकारिताले सञ्चार प्रविधिको प्रयोग र गुणस्तरमा विकास गर्ने उद्धेश्यका साथ यो  तालिमको  आयोजना गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती  प्रसाद  सापकोटाले पत्रकारहरुलाई विषयमा केन्द्रित भएर पत्रिकारता गर्न आग्रह गर्दै सहरमुखि नभएर ग्रामीण परिवेशमुखि पत्रकारिता गर्न आवश्यक रहेको बताए । प्रादेशिक संरचनाले राष्ट्रिय  आवश्यताको काम गर्न सकिदो रहेछ भन्ने उदाहरण बागमती प्रदेश र सरकारले देखाउन सकेको बताउदै उनले अनलाईन र मोबाइल पत्रकारिता तालिमको आयोजना गरेको बताए । आगामि दिनमा अब प्राप्त ज्ञानलाई विकास गर्न अर्को...

कोशी प्रदेश मन्त्रिमण्डल विस्तार, पाँच मन्त्री र दुई जना राज्यमन्त्री थप

#
मोरङ- कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार गरी दश सदस्यीय बनाइएको छ । गत बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन गरिएको हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा ५ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरिएको हो । मुख्यमन्त्री सहित दुई जना विना विभागिय मन्त्री नियुक्त गरी गठन भएको कोशी प्रदेश सरकारमा एमालेका एक जना राज्यमन्त्रीसहित ६ जना र माओवादी केन्द्रका एक जना राज्यमन्त्री सहित ४ जना मन्त्रीहरु रहेका छन् । नवनियुक्त मन्त्रीहरुलाई विभागीय जिम्मेवारी समेत तोकिएको छ । नयाँ मन्त्रीहरुमा राजेन्द्र कार्की स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई सामाजिक विकास मन्त्री, एकराज कार्की खानेपानी, उर्जा तथा सिचाई मन्त्रालय, नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा सिर्जना राइलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्या...

बिहे घरमा आगलागी हुँदा दुई जना घाइते, लाखौंको क्षति

#
सर्लाही- सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो । बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यसैबीच, गए राति जिल्लाको कविलासी नगरपालिका-२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू ...
नुवाकोटको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति

नुवाकोटको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति

#
अविरल वर्षाका कारण नुवाकोटकको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति पुर्याएको छ । मंगलबार तादी खोलामा  आएको बाढीबाट  नुवाकोट– १ का विभिन्न ठाउँमा क्षति पुर्याएको हो । नेपाली काँग्रेस नुवाकोट – १  प्रदेश (ख) का सभापति रामजी पौडेलले बाढीले दुप्चेश्वर गाउँपलिकाको राउतबेँसीमा बस्तीमा सबेत क्षति पुगेको बताए । उनले राउतबेँसीमा खेती योग्य जमिन बगरमा परिणत भएको र पशु चौपाया  पनि बाढीले बगाएको पौडेलले बताए । यस्तै पन्चकन्या गाउँपालिका सिमरामा खेतीयोग्य जमीन खण्डहरमा परिणत भएको उनको भनाइ छ । त्यस्तै सातबीसे र थप्रेक जोडने तादीखोलको पुलको एउटा भाग भासिएको छ । उक्त सडक अवरुद्ध छ । लिखु गाउँपालिका ढिकुरेको पक्की पुलमा क्षति हुँदा काठमाडौ आउजाउ गर्न अवरुद्ध भएको पौडेलले बताए । उनका अनुसार थप्रेक, आप्र र बाहुनबेसी र ढिकुरे जोड्ने पक्की पुलहरुमा व्यापक क्षति पुगेको छ । काँग्रेस प्रवक्ता म...
बझाङमा एकै परिवारका तीनजना मृत

बझाङमा एकै परिवारका तीनजना मृत

#
बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र उनका दुई जना छोराछोरी मृत फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले  जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ । स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिएको छ ।    ...