खाेटाङमा मत गणना सुरु, तीन/तीन हजार गणना सकिएपछ नतिजा सार्वजनिक गरिने
खाेटाङ, २२ फागुन । खाेटाङमा भर्खरैबाट मत गणना सुरु भएकाे छ । केपिलासगढी गाउँपालिका- ३ बास्पानी र साेही गाउँपालिकाकाे वडा नं. ४ बाक्सिलाबाट मत गणना सुरु गरिएकाे हाे ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालय खाेटाङमा दिउँसाे १:०० बजे बसेकाे सर्वदलीय बैठकले भण्डारण गरेर राखिएको ठाउँकाे सबैभन्दा बाहिर रहेकाे मतपेटिकाबाट गणना सुरु गर्ने निर्णय गरेकाे थियाे । सर्वदलीय बैठकले दिउँसो ३:३० बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेपनि प्राविधिक कारणले अपरान्ह ४:५० बजेबाट मात्रै सुरु गरिएकाे हाे ।
दश स्थानीय तह रहेकाे जिल्लामा ७९ वटा वडा रहेकाे छ । मत गणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यलयमा दुईवटा गणनास्थल निर्माण गरिएकाे छ ।
एउटा गणनास्थलमा एक पटकमा दुई/दुईवटा मतदानस्थलकाे मत मिसाएर गणना सुरु गरिएकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।...









