स्थापना भएको ३३ वर्षपछि जिल्ला अस्पताल खोटाङमा ५० शय्याको सेवा शुभारम्भ
खोटाङ, २२ असार । जिल्ला अस्पताललाई १५ शय्याबाट विस्तारगरी ५० शय्याको सेवा शुभारम्भ गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ–१२ गते ५० शय्यामा स्तरोन्नति गर्ने निर्णया गरेपछि आइतबार कोशी प्रदेश सरकारका स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गर्नुभएको हो ।
अस्पताल भवन निर्माणको काम बाँकी रहेपनि अन्य सेवा विस्तारका लागि ५० शय्याको अस्पताल उद्घाटन गर्नुपर्ने बाध्यता सिर्जना भएको मन्त्री राईले बताउनुभएको छ । “पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न मन्त्रालयले प्रयाप्त बजेट उपलब्ध गराएको छ । ५० शय्याको सेवा शुभारम्भ नभएसम्म बजेट खर्च गर्ने बाटो खुल्दैन”, उहाँले भन्नुभयो, “अब लोकसेवा आयोगले विशेषज्ञ डाक्टरसहितको दरबन्दी खुलाउँछ । आगामी भदौसम्ममा यो अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ । अब बिगतमा जस्तो सामान्य बि...
