Saturday, August 1

समाज

बुँवाखोलामा बन्यो वर्ष दिनअघि नै १४८ मिटर लामो मोटरेबल पक्की पुल

बुँवाखोलामा बन्यो वर्ष दिनअघि नै १४८ मिटर लामो मोटरेबल पक्की पुल

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ६ मङ्सिर । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुँवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगर लगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुल हो । जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र बराहपोखरी गाउँपालिका–५ को पौवसेराको बीचमा रहेको बुँवाखोलामा मोटरेबल पक्की पुल निर्धारित समयभन्दा पहिलै सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयले सहज र सुरक्षित आवागमनको अनुभूति गरेका छन् । मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा ठूलो...
साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ४ मङ्सिर । साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाईन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रुपमा म्यानुअल प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो । गृह मन्त्रालय अन्तरगतको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभएको छ । “अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि, वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ । यसरी प्रमाणित भएको कागजात अनलाईनमा प्रविष्ट हुन्छ । जसका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।” उहाँले भन्नुभयो । अनलाइन प्...
आत्महत्या न्यूनीकरण गर्न ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक

आत्महत्या न्यूनीकरण गर्न ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ३ मङ्सिर । आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले तयार गरिएको ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक प्रर्दशन सुरु गरिएको छ । बालाचतुर्दशीको अवसर पारेर बुधबार खोटाङको धार्मिक एवम् पर्यटकीयस्थल कालिका भगवती मन्दिर परिसरमा प्रदर्शन गरिएसँगै नाटकको औपचारिक यात्रा सुरु गरिएको हो । बालाचतुर्दशीको अवसर पारेर कालिका भवगती मन्दिर परिसरमा मृतकहरूलाई सम्झेर सतबीउ– पलबीउ छर्ने धार्मिक परम्परा तथा यस दिन नागरिकको ठूलो उपस्थिति हुने भएकाले नाटक प्रदर्शन गरिएको कार्यक्रम संयोजक सोनामहाङ राईले बताउनुभयो । पछिल्लो समय जिल्लामा आत्माहत्या गर्ने व्यक्तिको सङ्ख्या बिकरालरुपमा बढ्दै गएपछि न्यूनीकरण गर्न युवा समूहले सडक नाटक प्रदर्शन सुरु गरेका हुन् । जिल्लाका एक युवा समूहले तयार पारेको सडक नाटक भोलि मङ्सिर–४ गते दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा बिहान ११ः०० बजे प्रदर्शन गरिने जनाइएको छ । सोही दि...
परम्परागत संस्कृति धान्दै जोगी समुदायका युवा पुस्ता

परम्परागत संस्कृति धान्दै जोगी समुदायका युवा पुस्ता

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
–रामधन राई खोटाङ, ३० कातिक । जोगी समुदायको ‘फेरी’ लगाउने परम्परागत संस्कृति हराउँदै गएको छ । अघिल्लो पुस्ताका जोगी पुर्खाहरूको निधन हुँदै गएपछि फेरी लगाउने चलन हराउँदै गएको हो । तर, खोटाङका केही युवा पुस्ताका जोगीले भने यस संस्कृतिलाई धानिरहेका छन् । दिप्रुङ चुइचुम्मा–४ बतासेका ३० वर्षीय नवराज जोगीले कातिक मसान्तमा मात्र फेरी लगाउने र सिधा उठाउने कार्य सम्पन्न गर्नुभयो । कातिककै ९ गते घरबाट हिँड्नुभएका नवराज ३० गते आइतबार मात्र घर फर्कनुभयो । यसबीचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी, साकेला गाउँपालिका–१ बाँझेच्यान्डाँडा लगायतका गाउँहरूमा राति–राति फेरी लगाउँदै र दिनमा सिधा उठाउँदै हिँडेको उहाँले जानकारी दिनुभएको छ । यो बेला भैरुङ कुल देवता थानमा राखिएको बराँठ बाजालाई पूजा आराधना गरेर फेरी लगाउन सुरु गरिने उहाँले बताउनुभयो । घरवालाको रक्षा होस्, चिताएको पुगोस्, भूत पिसाचले ...
खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि दोर्पाबुवालुङको पोल्टामा

खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि दोर्पाबुवालुङको पोल्टामा

कोशी प्रदेश, खेलकुद, शिक्षा, समाचार, समाज
खोटाङ, २९ कातिक । श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटे लफ्याङ खोटाङले आयोजना गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं. ८ दोर्पाबुवालुङले जितेको छ । विद्यालयको ६५ औँ वार्षिक उत्सव तथा १४ औँ अक्षयकोष स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेता बुवालुङले नगद रु २५ हजार र उपविजेता नेर्पाले रु १५ हजारसहित ट्रफी हात पारेको छ । लफ्याङस्थित श्री माविको प्राङ्गणमा शनिबार सम्पन्न फाइनल खेलको सुरुवातदेखि नै नेर्पालाई दबाबमा राख्दै बुवालुङले पहिलो, तेस्रो र चौथो सेट जित्दा नेर्पाले एक सेट मात्रै जितेको थियो । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि साकेला गाउँपालिकाका प्रमुख एवम् विद्यालयका पूर्वविद्यार्थी रविप्रकाश राई, लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान र...
दिक्तेल रुपाकोट मझुवागढीको श्री मावि लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुग्यो

दिक्तेल रुपाकोट मझुवागढीको श्री मावि लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुग्यो

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २७ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटे लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुगेको छ । विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा १४ औँ अक्षयकोष स्थापना दिवसको अवसर पारेर आज (बिहीबार) थप दुईवटा नयाँ अक्षयकोष स्थापना गरिएसँगै श्री मावि लफ्याङमा अक्षकोषको सङ्ख्या १५ पुगेको हो । निधन भएका आफन्तको स्मृतिमा रु ५० हजार राशिको स्वर्गीय दीर्घराज–चिनिमाया राई अक्षय कोष र रु ५१ हजार ५५५ राशिको स्वर्गीय भक्तकुमार राई स्मृति अक्षयकोष गरेपछि विद्यालयमा १५ वटा अक्षयकोष भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष काजीमान राईले जानकारी दिनुभएको छ । उक्त विद्यालयमा सबैभन्दा पहिलो अक्षयकोष वि. सं. २०६८ सालमा रु दुई लाख ६६ हजारको स्वर्गीय मनमाया राई स्मृति अक्षयकोष स्थापना गरिएको थियो । यही अक्षयकोषलाई ६५ औं वार्षिक उत्सवको अवसरमा नाम परिवर्तन गरी स्वर्गीय श्य...
साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना

साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २७ कातिक । साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तरगत बुधबार गाउँपालिका प्रमुख रविप्रकाश राईले औपचारिकरुपमा मेसिन सञ्चालन गरेर उद्योग स्थापनाको घोषणा गर्नुभएको हो । स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै रोजगारी सृजना र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो उद्योग गाउँपालिकाको आर्थिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । उद्योग स्थापना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले लघुउद्यम र उद्योगहरूले युवालाई स्वदेशमै रोजगार दिने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बाँसकला उद्योगले गाउँपालिकाको पहिचान र आर्थिक प्रगतिमा टेवा पु¥याउने उल्लेख गर्नुहुँदै यस उद्योगबाट स्थानीय युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी बाँसका विविध उपयोगका सामग्री उत्पादन र बजार...
सुशासन कायम गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्रकार महासङ्घको ध्यानाकार्षणपत्र

सुशासन कायम गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्रकार महासङ्घको ध्यानाकार्षणपत्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २६ कातिक । नेपाल पत्रकार महासङ्घ खोटाङले विकास निर्माण र सुशासनका पक्षमा काम गर्न जिल्ला प्रशासन कार्यालय खोटाङको ध्यानाकार्षण गराएको छ । जिल्लाको विकास निर्माणमा भइरहेको ढिलासुस्ती र सुशासनका पक्षमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले चासो नदिएको भन्दै नेपाल पत्रकार महासङ्घ खोटाङले आज (बुधबार) लिखितरुपमा जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको हो । पत्रकार महासङ्घका अध्यक्ष हरिवोल आचार्यले हस्ताक्षर गर्नुभएको पाँच बुँदे ध्यानाकार्षणपत्रमा प्रमुख जिल्ला अधिकारी जिल्लाको अख्तियार प्रमुखसमेत रहेको अवस्थामा विकास निर्माण र सुशासनका पक्षमा खेल्नुपर्ने भूमिका नखेलेको आरोप लगाइएको छ । आवश्यक कागजात भएपनि नागरिकता लगायतका सेवा प्रवाहमा नागरिकले सास्ती भोग्नु परेको, निर्माण व्यवसायीका कारण जिल्ला अस्पताल खोटाङको निर्माणधीन भवन लगायतका विकास निर्माणका काम अलपत्र हुँदा पनि मौन बसेको, जिल्ला...
जेन–जी आन्दोलनका क्रममा काभ्रेबाट भागेका खोटाङका युवक पक्राउ

जेन–जी आन्दोलनका क्रममा काभ्रेबाट भागेका खोटाङका युवक पक्राउ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २२ कातिक । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय काभ्रेको हिरासतबाट भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित केराबारीका २३ वर्षीय प्रवीण मगर पक्राउ परेका छन् । जेन–जी आन्दोलनको क्रममा भदौ–२४ गते हिरासतबाट भागेका मगरलाई गाउँ आएर घरमै लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला इलाका प्रहरी कार्यालयको हिरासतबाटै भागेका मगरलाई खोटाङ घर आएर लुकीछिपी बसेको अवस्थामा कातिक–२० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिनुभएको छ । पक्राउ परेको भोलिपल्ट अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएका मगरलाई आज (शनिबार) बिहान बनेपा इलाका प्रहरी कार्यालय काभ्रेमा लगेर बुझाइएको प्रहरीले जनाएको छ । जेन–जी आन्दोलनको क्रममा भदौ–२४ गते इलाका प्रहर...
दाहाल समूह खार्मीको प्रायोजनमा कालिका माविमा प्रतियोगितात्मक कार्यक्रम

दाहाल समूह खार्मीको प्रायोजनमा कालिका माविमा प्रतियोगितात्मक कार्यक्रम

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
–रामधन राई खोटाङ, २२ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजित अन्तर विद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा जगत आधारभूत विद्यालय खार्मी प्रथम बनेको छ । कालिका माध्यमिक विद्यालय खार्मीले आयोजना गरेको प्रतियोगितामा मारुनी नृत्य प्रस्तुत गर्दै जगत आवि प्रथम बनेको हो । दाहाल समूह खार्मीको प्रायोजनमा भएको विविध प्रतियोगितात्मक कार्यक्रममध्ये सामुहिक नृत्यतर्फ आयोजक कालिका मावि खार्मी द्धितीय र जनकल्याण आधारभूत विद्यालय तृतीय बनेको निर्णायक सोनाम राईले बताउनुभयो । कालिका माविको प्राङ्गणमा शुक्रबार आयोजित प्रतियोगितामा पार्वती आवि र जालपा आविले सान्तवना स्थान हात पारेका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने समूहले क्रमशः नगद रु छ हजार, रु चार हजार, रु दुई हजार र रु ६००÷६०० प्राप्त गरेका छन् । यस्तै, हाजिरीजवाफ प्रतियोगितातर्फ कालिका मावि (ख) ...