रावाबेँसी गाउँपालिकाको वार्षिक बजेट रु ३८ करोड ५६ लाख ५६ हजार
खोटाङ, ११ असार । रावाबेँसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । गाउँपालिका उपप्रमुख कौशिला गुरुङले १७ औँ गाउँसभामा भौतिक पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राखेर रु ३८ करोड ५६ लाख ५६ हजार ८४३ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
सङ्घीय सरकारसँगको साझेदारी समुपुरक अनुदानबाट बिजुले–लेकखर्क–दुवेकोल–ऐसेलुखर्क सडकको लागि रु एक करोड ७५ लाख, प्रदेश सरकारसँगको समपुरक अनुदानबाट नुनथला–हरमटारकुभिण्डे–जौबारी सडक स्तरोन्नतिको लागि रु एक करोड २५ लाख र वडा नं.–१, ३ र ५ को कार्यालय भवनमा तला थप्नको लागि रु ७५ हजार बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, सङ्घीय सरकार विशेष अनुदानबाट बृहत कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमको लागि रु एक करोड ३० लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभएको छ ।
विनियोजित बजेटबाट ...
