Saturday, August 1

समाज

रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने जग्गादाताको चेतावनी

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३० वैशाख । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने चेतावनी दिएका छन् । रावा ईनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सझौताअनुसार मुआब्जा नदिएको भन्दै स्थानीय जग्गादाताले मङ्गलबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सीमानामा रहेको रावाखोलाबाट उत्पादित तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत आयोजना गत चैतमा समेत बन्द गराएका थिए । मुआब्जा विवाद प्रकरणको विषयलाई लिएर स्थानीयवासीले जलविद्युत आयोजना नै बन्द गराएपछि दुवै पक्षलाई गाउँपालिका प्रमुख समिर राईले कार्यालयमा झिकाएर सहमतिको प्रयास गर्नुभएको थियो । गाउँपालिका प्रमुखको कार्यकक्षमा गरिएको सम्झौताअनुसार हाईड्रोपावर कम्पनीले जग्गादातालाई क्षतिपूर्ति नद...

मुन्दुमी साँस्कृतिक साँझमा गुन्जिए राई कलाकारहरु

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
 बैशाख-२८,  किरात राईहरुको महान चाड साकेला उभौलीको पुर्वसन्ध्यामा खोटाङमा बृहत मुन्दुमी साँस्कृतिक साँझ सम्पन्न गरिएको छ। किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिको संयोजन तथा किरात राई यायोक्खा जिल्ला कार्य समिति लगायतको आयोजनामा बृहत मुन्दुमी सास्कृतिक साँझ सम्पन्न गरिएको हो ।                किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङ र किरात सेवा समाज खोटाङको समेत आयोजनामा मुन्दुमी साझ शनिबार सम्पन्न भएको हो । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा सम्पन्न कर्यक्रममा चर्चित गायिका पार्बती राई, चर्चित गायक भिषण मुकारुङ राई, गायक तथा सङगीतकार राई नबीन, गायिका ईन्द्रकला राई लगायतका गायक-गायिकाले किरात राई समुदायको मौलिक सस्कृति झल्किने तथा किराती जागरणका गीतहरु प्रस्तुत गरेका थिए ।         कार्यक्रममा किराती मौलिकता झल्कने गतिबिधीका दृश्य तथा सामाग्...

उँभौलीको मझेरीमा बृहत मुन्दुमी साँस्कृतिक साँझ

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, २२ वैशाख । किरात राईहरुको महान चाड साकेला उँभौलीको अवसर पारेर खोटाङमा बृहत मुन्दुमी साँस्कृतिक साँझको तयारी गरिएको छ । किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्य समितिको संयोजनमा आगामी वैशाख–२७ गते दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा मुन्दुमी साँझ आयोजना गर्ने तयारी गरिएको हो । किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति खोटाङ, किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ र किरात सेवा समाज खोटाङको आयोजनामा कार्यक्रम सम्पन्न हुने किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिका महासचिब पदम थुलुङ राईले सुनाउनुभयो । कार्यक्रममा चर्चित गायिका पार्वती राई, चर्चित गायक भिषण मुकारुङ राई, गायक तथा सँगीतकार राई नवीन, गायिका ईन्द्रकला राई लगायतका गायक–गायिकाको प्रस्तुति रहने महासचिब थुलुङ राईले जनाउनुभयो । उँभौलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान साँझम...

रोशनलाई ‘भ्वाईस अफ नेपाल’को उपाधि जिताउन खोटाङवासी अभियानमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, संगीत, समाचार, समाज
खोटाङ, १८ वैैशाख । ‘द भ्वाइस अफ नेपाल’ छैटौँ सिजनको उपाधि दाबेदार रोशन राईलाई जिताउन खोटाङमा तीव्र अभियान चलाइएको छ । कोच (प्रशिक्षक) मेलिना राईको टिमबाट फाईनल प्रवेश गर्नुभएका राईलाई जिताउन जिल्लाका विभिन्न सङ्घसस्था तथा शिभचिन्तकले ‘रोशन राई जिताउ’ अभियानलाई तीव्र बनाएका हुन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका– ७ टेम्माका राईलाई बुधबार उनी अध्ययनरत दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलले साँस्कृतिक झाकीसहित स्वागत तथा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको थियो । सो स्कूलले रोशनको गायन प्रतिभाकै कारण पूर्ण छात्रवृत्तिमा एसएलसीसम्म अध्ययन गराएका थिए । कार्यक्रममा रोशन जिताउ अभियानकै टोलीमा रहेका गायक तथा सँगीतकार हसन राई, मनिता राई लगायतले प्रस्तुति दिएका थिए । रोशनलाई जिताउने उद्देश्यले आयोजक स्कूलको तर्फबाट एक लाख तथा अन्य शुभचिन्तकबाट स्वेछिक रुपमा रकम सङ्कलन गरिरहेकाछन् । बिहीबार साके...

बुबाआमा टुङ्गो नभएका ईन्द्रबहादुरले ३६ वर्षको उमेरमा नागरिकता पाएपछि…

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १८ वैशाख । “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय ईन्द्रबहादुर थापाले भन्नुभयो, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु । त्यसपछि उनीहरुको पढ्ने बाटो खुल्छ । नागरिकता दिलाउन सहयोग गर्ने सबैप्रति आभारी छु ।” बुबाआमा दुवै पत्ता नलागेका ईन्द्रबहादुरले बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नेपाल नागरिकता ऐन २०६३ संशोधनसहितको दफा ८–१ (ग) ३ बमोजिम (अन्य तरिकाबाट हुर्किएका व्यक्तिलाई बंशजको आधारमा दिइने नागरिकता) बुबाआमाको नाम उल्लेख गर्ने महल (ठाउँ) खाली राखेको नागरिकता प्राप्त गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चक्र राई (बेलायती सेनाका...

‘भ्वाईस अफ नेपाल’को फाईनलिस्ट रोशनलाई गृह जिल्ला खोटाङमा भव्य स्वागत

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, संगीत, समाचार, समाज
खोटाङ , १७ वैशाख । ‘द भ्वाईस अफ नेपाल’को छैटौँ सिजनमा उत्कृष्ट ४ अर्थात फाईनल राउण्डमा पुग्न सफल प्रतियोगी रोशन राई ‘पालुवा स्टार’लाई गृह जिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) मेलिना राईको समूह (टिम)बाट फाइन चरणमा पुग्नुभएका प्रतियोगी रोशनलाई आज (बुधबार) दिक्तेल बजारमा साँस्कृतिक झाँकीसहित स्वागत गरिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा खोटाङका गायक रोशन दिक्तेल बजारको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले आयोजना गरेको ‘रोशन राई जिताउ अभियान’सहितको साँगीतिक कार्यक्रममा प्रस्तुति दिन जिल्लामा उपस्थित हुनुभएको भएको छ । प्रतियोगी रोशनसहितका टोलीलाई दिक्तेलस्थित किरातचोकदेखि हाटडाँडा हुँदै त्रिवेणीचोकमा आयोजना गरिएको कार्यक्रमस्थलसम्म ¥यालीसहित स्वागत गरिएको हो । पालुवास्टारले समेत परिचित भ्वाईसका प्रतिस्पर्धी रोशन सोही विद्यालयमा कक्षा–३ देखि माध्यमिक तह (एसएलसी)सम्म प...

पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर हस्तान्तरण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १३ वैशाख । केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले बुबा गुमाउनुभएको थियो । आफू १२ वर्षको कलिलो उमेरका छँदा नै बुबा गुमाउनभएका छितिजकी आमा (४५ वर्षीया) शारदा राई शारीरिक तथा मानसिक दुवै रोगी हुनुहुन्छ । बुबाको अप्राकृति मृत्यु (झुन्डिएर आत्महत्या)पछि आमा र तीनजना नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आइपरेको छ । ठुली बहिनी दीपा राई कक्षा–७, निशा कक्षा–५ र कान्छा भाइ मुस्कान कक्षा–३ मा अध्ययनरत छन् । भाइबहिनीको पठनपाठनसँगै आफूसमेत कक्षा–१० मा अध्ययनरत छितिजको घर गत असार–९ गतेबाट शुरु भएको भारी वर्षासँगै आएको पहिरोले पु¥यो । सुङ्देलस्थित भीरखर्कमा रहेको घर तथा घरमा भएका सम्पूर्ण सामग्री पहिरोमा पुरिएपछि छितिज पाँचजनाको परिवार आफन्तकामा आश्रय लिएर बस्दै आएका थिए । पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमेपछि बिचल्लीमा परेक...

शिक्षक आन्दोलनको प्रभाव : वैशाख–१५ गतेबाट दिक्तेल बजारमा हुने बृहत् महोत्सव १२ दिनपछि सारियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, शिक्षा, संगीत, समाचार, समाज, साहित्य
खोटाङ, ९ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ शिक्षक आन्दोलनका कारण प्रभावित भएको छ । यही वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा सञ्चालन गर्न लागिएको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित भएको हो । वैशाख–१५ गतेदेखि गर्ने तयारी गरिएको महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित हुने भएपछि १२ दिनपछि वैशाख–२७ गतेबाट शुरु गर्नेगरी सारिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “महोत्सवको प्रमुख उद्देश्य भनेको व्यवसायिक खेलाडी उत्पादन गर्दै खेलकुदको माध्यमबाट जिल्लाको प्रर्यटन प्रवद्र्धन गर्नु हो । हामीले आयोजना गर्ने महोत्सवमा सहभागी हुने अधिकांश खेलाडी विद्यालयमा छन् । शिक्षक आन्दोलनका कारण अ...

बसाइँ गएको अठार वर्षपछि पुनः गाउँ फर्किएका परिवारलाई रु एक लाख प्रोत्साहन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ५ वैशाख । अठार वर्ष पहिले बसाइँ जानुभएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित आफ्नै गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ । वि.सं. २०६३ सालमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका बलार्दह बसाइँ जानुभएका खड्का परिवारसहित बसाइसराइँको कागजातसहित पुनः आफ्नै गाउँ फर्किएर घर निर्माण शुरु गरेपछि गाउँपालिकाले उहाँको घरैमा लगेर प्रोत्साहन रकमको चेक प्रदान गरेको हो । आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव बिर्सन नसकेर बसाइँ गएको १८ वर्षपछि चारजनाको परिवारसहित बसाइँसराइको कागजात लिएर पुनः आफ्नै गाउँ फर्किएको खड्काले बताउनुभएको छ । “बसाइँ सरेर गएको ठाउँमा यहाँभन्दा धेरै भौतिक सुविधा थियो । तर, आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव बिसर्न सकिनँ”, उहाँले भन्नुभयो, “बसाइँ सरेर गएपनि यहाँको जग्गा जमिन बेचेको थिइनँ । हामीले छा...

खानेपानी सञ्चित गर्न नुनथलाका १०६ घर उपभोक्तालाई हिलटेक प्रदान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १०६ घर स्थानीय उपभोक्तालाई खानेपानी सञ्चित गर्नका लागि हिलटेक प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीका लागि धाराको पानी थापेर सञ्चित गर्दै उपभोग गर्नका लागि वडा कार्यालय नुनथलाले ५०० लिटरको हिलटेक निःशुल्क प्रदान गरेको हो । लोचाखोला मुहानको पानी उपभोग गर्ने स्थानीय उपभोक्तालाई प्रतिघर एक÷एकवटा हिलटेक उपलब्ध गराउने वडा कार्यालयको कार्यक्रम अनुसार पहिलो चरणमा यस वर्ष १०६ घर उपभोक्तालाई हिलटेक उपलब्ध गराइएको वडाध्यक्ष भगेश्वर राईले जानकारी दिनुभएको छ । “नुनथलामा लामो समयदेखि खानेपानीको समस्या छ । नुनथलाका २४५ घर उपभोक्ताले वि.सं. २०४१ सालमा सञ्चालित लोचाखोला मुहानको खानेपानी योजनाबाट पानी उपभोग गरिरहेका छन्”, उहाँले भन्नुभयो, “पानीको स्रोत सानो भएकाले हरेक दिन १२ घण्टा जम्मा गरेर तीन घण्टा वितरण ग...