Saturday, August 1

समाज

अल्पायुमै मृत्युबाट बचाउन स्क्रिनिङ अभियान

#, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
चैत्र–१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नसर्ने रोगको पहिचान गर्न स्क्रिनिङ सुरु गरेको छ । अल्पायुमै मृत्यू हुन तथा अंगभंग हुनबाट बचाउन सचेतना अभियानका साथ स्क्रिनिङ सेवा सञ्चालन गरेको हो । नसर्ने रोगको बेलामै पहिचान गरी नियमित औषधी उपचार गरे अल्पायूमै मृत्यू र अंगभंग हुनबाट बच्न र बचाउन सकिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो । अचार्यका अनुसार नगर क्षेत्रका ३० बर्षदेखि माथिकालाई उच्च रक्तचाप, मधुमेह, मृगौला, पिसाब, उचाई र तौलको आधारमा बीएमआई परीक्षण गरिएको हो । नेपालमा हाल नसर्ने रोगहरुको ठूलो भार रहेको जनाईएको छ । अभियान अन्तर्गत हालै दिक्तेलबजारको हाटडाँडामा ९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षण गरिएकोमध्ये १८ जनामा उच्च रक्तचाप ६ जनामा मधुमेह, पाँच जनामा मृगौलाको समस्या, १२ जनामा अत्याधिक मोटोपना र ३० जनामा मोटोपना देखिएको छ । समध...

राष्ट्रिय बाँस सम्मेलनमा ‘बाँस दाई’ आकर्षण

#, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
फागुन–१५, खोटाङको दिक्तेलबजारमा उद्घाटन भएको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”मा ‘बाँस दाई’ अर्थात भरिबहादुर पर्तेल आकर्षणको केन्द्र बनेका छन् । बाँसकै शीर–पाउ पहिरिएका म्याग्दी, दरवाङ गाउँपालिका–२ का पर्तेल सम्मेलन स्थलमा आकर्षण बनेका हुन् । बाँसबाट मानब जीवनमा आवश्यक सबै काम गर्न सम्भव रहेको कुरा स्थापित गर्न तथा बाँसको प्रबद्र्दन गर्न पर्तेलले बिगत ६ बर्षदेखि बाँसकै पहिरन लगाउँदै आउनुभएको छ । टोपी, कोट, सर्ट, हाप पाईण्ट, जुत्ता, मास्क, चस्माको कभर लगायत सबै बाँसकै पहिरन लगाएर सम्मेलनमा सहभागी बन्नुभएका ‘बाँस दाई’सँग फोटो खिच्न तथा कुरा गर्न होडबाजी चलेको छ । बिकट गाउँमा जन्मिएर हुर्कनुभएको उहाँले बाँसबाट निर्मित झोला, घुम, जुत्ता लगायतका समाग्री बोकेर हिँड्ने गर्नुभएको छ । बाँसको पहिरनमा हिँडडुल गर्न तथा खान–बस्न असहज हुने गरेको बाँस दाईले जनाउनुभयो । निरन्तर बाँसकै सीप गर्द...

वन उपभोक्ता समितिमा आवद्ध खार्मीका ३६ घर कृषकलाई आधुनिक मौरीको घार

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३ फागुन । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घर स्थानीय कृषकलाई मौरीको आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रम अन्तरगत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध कृषकलाई मौरीको आधुनिक घार निःशुल्क उपलब्ध गराएको हो । वनमा आधारित उद्यम प्रवद्र्धनका लागि खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध कृषकलाई मौरीको आधुनिक घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले जानकारी दिनुभएको छ । “खार्मीमा व्यवसायिक मौरी पालनका लागि ८० वटा आधुनिक घार वितरण गर्ने कार्यक्रम छ । पहिलो चरणमा ७४ वटा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “बाँकी छवटा केही...

गैरसरकारी संस्था महासङ्घ खोटाङको अध्यक्षमा पुनः युवराज रिजाल

गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २ फागुन । गैरसरकारी संस्था महासङ्घ खोटाङको अध्यक्षमा युवराज रिजाल पुनः दोहोरिनुभएको छ । गैसस महासङ्घ खोटाङको सातौँ जिल्ला अधिवेशनले रिजाललाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो । अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गीता थापा, सचिवमा दानबहादुर राई, उपसचिवमा पार्वती आचार्य र कोषाध्यक्षमा कञ्चन परियारलाई चयन गरेको छ । समितिको सदस्यहरूमा उर्मिला पोखरेल आचार्य, निरकाजी आचार्य, भक्त विश्वकर्मा, निलु थुलुङ, कमला घिमिरे, प्रेम श्रेष्ठ, सुवती राई र सुवासचन्द्र आचार्यलाई चयन गरेको छ । जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा भएको अधिवेशनको उद्घाटन कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।  ...

निर्दोष भएपनि प्रहरीले हतकडी लगाएको भन्दै सुसाइटनोट लेखेका परियार मृत फेला

गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २५ माघ । आफू निर्दोष भएपनि प्रहरीले बिना कारण जबरजस्ती पक्राउ गरेर हतकडी लगाएको भन्दै सुसाइट नोट लेखेका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका १९ वर्षीय राम परियार मृत फेला परेका छन् । प्रहरी चौकी अर्खौलेका प्रमुख प्रहरी सहायक निरीक्षक पोषराज कार्कीले आफूलाई अपमानित गरेको भन्दै सुसाइट नोट लेखेका परियार आज (शुक्रबार) घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृतक परिवारले लेखेको सुसाइट नोटअनुसार आफन्तले प्रहरी सहायक निरीक्षक कार्कीलाई कारबाहीको मागसमेत गरेका छन् । मृतक परियारलाई अर्खौले प्रहरी चौकीमा केही समय हतकडी लगाएर प्रहरीले छाडेकाले अपमानित महसुस गरेर हात्महत्या गरेको भन्दै दोषी प्रहरी सहायक निरीक्षक कार्कीलाई कानूनी कारबाही हुनुपर्ने उनीहरुले माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङमा बिहीबार जबरजस्ती करणीको किटानी जाहेरी परेको भन्दै अर्खौले प्रहरी चौकीले मृतक...

बाल यौन दुरुपयोगमा कृषिविज्ञ मदन राईलाई दुई वर्ष छ महिना कैंद सजाय

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २५ माघ । बाल यौन दुरुपयोग कसूरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैंद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायधीश नारायणप्रसाद दाहालको इजलासले आज (शुक्रबार) सजाय निर्धारण गरेको हो । यही माघ–१० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैंदका साथै रु एक लाख जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका श्रेष्तेदार सीताराम खड्काले जानकारी दिनुभएको छ । यस्तै, पीडित किशोरीलाई रु एक लाख ५० हजार क्षतिपूर्ती दिन सजाय फैसला भएको अदालतले जनाएको छ । कृषिविज्ञ राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन (शुभम्) फाउण्डेशनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेको थियो । बाल यौन दुरुपयोग कसूरमा अदालतले कृषिविज्ञ राईलाई माघ–१० गते कसूर ठहर गरेको थियो । ...

फागुन–१ गतेदेखि दिक्तेल बजारमा ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव’

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार, समाज
खोटाङ, २४ माघ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही फागुन–१ गतेबाट ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१’ आयोजना हुने भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका साथै स्थानीय कला तथा सँस्कृति, कृषि र खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । नमुना स्पोट्र्स क्लब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको आयोजनामा हुन लागेको महोत्सव फागुन–१६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि मेला प्रदर्शनी, पत्रकार तथा विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूलाई सम्मान, गायन तथा लोक नृत्य प्रतियोगिता, ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुति लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । महोत्सवमा विभिन्न जातजातिको खाना, राडीपाखी, कृषि उपज, जडीबुटी, ...

बाँसुरीको धुनसँगै झुमेको खोटाङ

#, कोशी प्रदेश, पर्यटन, मनाेरञ्जन, संगीत, समाचार, समाज
खोटाङ, २० माघ । माघ महिनाको मध्येतिर धुम्मिएको दिन । बिहानको करिब ११ बजेदेखि गुञ्जनु शुरु भएको बाँसुरीको धुन गहिरो ठण्डी (ठिही) बढेको साँझ करिब आठ बजेसम्म अटुट रह्यो । बाँसुरीको धुनमा मिसिएका तबला, सारांगी, मादल लगायतका ताल र धुनहरु सुनमा सुगन्ध बनेका थिए । मुख्य आकर्षण थिए चर्चित बाँसुरी बाद्यक नरेन्द्रबिक्रम राई । नरेन्द्र लगायत नेपालका बिभिन्न जिल्लाबाट आएका बाँसुरी बाद्यकका धुनमा मन मिसाउन खोटाङका उल्लेख्य संगीतप्रेमीको भीड लागेका थिए । ख।ेटाङको दिक्तेलबजारस्थित सरस्वती माबिमा गुञ्जिएका फरक–फरक स्केलका बाँसुरी र त्यसबाट सिर्जित धुनहरुले जिल्लाबासीको जाडो छलिरहेका थिए । सन्दर्भ, प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्व सन्ध्यामा खुला बाँसुरी बाद्यन तथा स्कुल स्तरीय गायन÷बाद्यन प्रतियोगिता–२०८१ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हालै आयोजना गरेको उक्त कार्यक्रममा नेपालका चर्चित...

बेसाहारा बनेकी ७२ वर्षीया वृद्धा र एक महिलाको उद्दार

#, कोशी प्रदेश, ताजा समाचार, समाचार, समाज
खोटाङ, २० माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेसाहारा बनेकी एक बृद्दा र एक महिलाको उद्दार गरी मानब सेवा आश्रम बिराटनगर पठाएको छ । नगरपालिकाले वडा नम्बर ४ खाल्लेकी ७२ बर्षीया टीकामायाँ सार्की र वडा नम्बर १४ बुइपाकी ५१ बर्षीया मनमायाँ फुयाँललाई उद्दार गरी उपचार र सुरक्षित आश्रयको लागि बिराटनगर पठाएको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल खोटाङको सहयोग तथा सहकार्यमा उद्दार गरी शनिबार बिहान जीपमार्फत बिराटनगर पठाईएको हो । टीकामायाँ एक छोरीको संरक्षणमा बस्दैआउनुभएकी थिईन । बृद्दा टीकामायाँ बिरामी परेकी कारण एक महिना अगाडीदेखि जिल्ला अस्पताल खोटाङमा उपचाररत रहनुभएको थियो । आमा टीकामायाँको उपचारकै अवधीमा घरमा छोरीको अचानक निधन भएको थियो । टीकामायाँलाई अस्पतालले डिस्चार्ज दिईसकेको भए पनि छोरीको निधनपछि आफन्तबिहिन बनेपछि अस्पतालले नै अभिभाबकत्व ग्रहण गरी संरक्षण दिईरह...

कुकुरले शरीरजति आएको अवस्थामा नवजात शिशुको एउटा हात फेला

गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा कुकुरले शरीरजति खाएको अवस्थामा नवजात शिशुको एउटा हात फेला परेको छ । जालपास्थित खरबारीका जसबहादुर राईको घर नजिकै पर्ने बाँसघारीमा नवजात शिशुको शव गाडेको छ भन्ने स्थानीयले दिएको जानकारीको आधारमा आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको प्रहरी टोली पुग्दा कुकुरले शरीरजति खाइसकेको अवस्थामा शिशुको एउटा हात फेला परेको हो । घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी कुकुरले खाएर बाँकी रहेको नवजात शिशुको हात परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिनुभएको छ । जालपामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको विषयमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बाँसघारीमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको ...