सूचनाको हक सम्बन्धी अन्तरक्रिया : सूचना अधिकारीलाई नै उपलब्ध हुँदैन सूचना
खोटाङ, ३ भदौ । खोटाङको दिक्तेलमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुले कार्यालयले दिएको जिम्मेवारीअनुसार आफूहरुलाई नै सूचना प्राप्त नहुने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया’ कार्यक्रममा सहभागी सूचना अधिकारीहरुले यस्तो गुनासो गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लास्थित सम्पूर्ण कार्यालयका सूचना अधिकारीहरुको प्रतिनिधित्व गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको अनुभव सुनाउनुभएको छ । “कार्यालयले कुनै एकजना कर्मचारीलाई सूचना अधिकारी भनेर जिम्मेवारी दिएको हुन्छ । मैले कार्यालयले...
