Monday, September 14

समाचार

साकेला गाउँपालिकाद्धारा उत्कृष्ट विद्यार्थी, विद्यालय तथा पत्रकार पुरस्कृत

साकेला गाउँपालिकाद्धारा उत्कृष्ट विद्यार्थी, विद्यालय तथा पत्रकार पुरस्कृत

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २१ असार । साकेला गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, विद्यालय तथा पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाको कार्यालय मात्तिम मानेभङ्ज्याङमा आइतबार आयोजित कार्यक्रममा शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, प्रतिशतको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा जिल्लामा क्रियाशील एकजना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको हो । एसइईमा गाउँपालिकाभित्र सबैभन्दा बढी ३ दशमलव १८ जिपिए प्राप्त गर्दै प्रथम हुने सरस्वती माध्यमिक विद्यालय मात्तिमकी छात्रा कृषा राईलाई नगद रु. ५० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै, ३ दशमलव १५ जिपिए प्राप्तगरी दोस्रो हुने चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँकी छात्रा मार्टिना राईलाई नगद रु. ३० हजार तथा ३ दशमलव १२ जिपिए प्राप्त गर्ने सोही विद्यालयकी छात्र दीपसुहाङ राईलाई नगद रु. २० हजार, ३ दशमलव...
कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता–२०८३ असार–२२ र २३ गते दिक्तेलमा

कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता–२०८३ असार–२२ र २३ गते दिक्तेलमा

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २० असार । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले यही असार–२२ र २३ गते दिक्तेल बजारमा कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ । प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा नेपाल खेलकुद प्रतिष्ठान खोटाङले कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । कोशी प्रदेश बुद्धिचाल सङ्घ सह–आयोजक तथा जिल्ला बुद्धिचाल सङ्घ खोटाङको व्यवस्थापनमा सञ्चालन हुने प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले जानकारी दिनुभएको छ । दशौँ स्थान हासिल गर्ने खेलाडीसम्मलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा द्धितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेलाई क्रमशः रु १५ हजार, रु दश हजा...
खोटाङबजारबाट भोजपुर जोड्ने सडकखण्डको सावाखोलामा मोटरेबल पुल सञ्चालन

खोटाङबजारबाट भोजपुर जोड्ने सडकखण्डको सावाखोलामा मोटरेबल पुल सञ्चालन

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, २० असार । जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारबाट छिमेकी जिल्ला भोजपुर जोड्ने सडकखण्डको सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । सङ्घीय सरकारको समपुरक अनुदानमा खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र सोही गाउँपलिकाको वडा नं. ३ सावाकटहरेको सीमानामा पर्ने सावाखोलामा निर्माण गरिएको मोटरेबल पुल शनिबारबाट सञ्चालनमा ल्याइएको हो । खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र भोजपुरको राप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीस्थित पाप्माखाम भञ्ज्याङ जोड्ने यो सडकखण्डको सावाखोलामा भ्याटसहित रु तीन करोड सात लाख ७३ हजार ५९८ मा मोटरेबल पक्की पुल निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ चिप्रिङका वडाध्यक्ष किरण राईले जानकारी दिनुभएको छ । करिब आठ वर्षदेखि कच्ची अवस्थामा सञ्चालन हुँदै आएको यो सडकखण्डमा पर्ने सावाखोलाको मोटरेबल पक्की पुल ठेकेदार कम्पनी एवै–शुभ एण्ड ध्रुव–श्या...
नेपाली चलचित्रका नायक नवल खड्काको पुस्तक ‘नवल खड्का’ बजारमा

नेपाली चलचित्रका नायक नवल खड्काको पुस्तक ‘नवल खड्का’ बजारमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, राजनीति, शिक्षा, समाचार, समाज, साहित्य
खोटाङ, २० असार । खोटेहाङ गाउँपालिका–८ सिम्पानी निवासी नायक तथा निर्देशक नवल खड्काले लेख्नुभएको पुस्तक ‘नवल खड्का’ बजारमा आएको छ । नेपाली कथानक चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काको जीवनीमा आधारित पुस्तक ‘नवल खड्का’ पाइन प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो । नेपाली चलचित्रका नायक, निर्देशक तथा लेखक खड्काले आफ्नो जीवनमा आफूले भोगेको सुख÷दुःखका सङ्गालोलाई पुस्तकमा समेट्नुभएको छ । २०७ पृष्ठ लामो यो पुस्तक लेखक खड्का, राष्ट्रिय जेन्जी नागरिक अभियानका संयोजक सुनिल सिंह, सह–संयोजक अजय सोडारी, सचिव प्रकाश बम र कान्तिपुर सम्वाददाता मनोज बडुले असार–१९ गते दार्चुलाको तिङ्करमा पुगेर संयुक्त रुपमा विमोचन गर्नुभएको हो । नायक, निर्देशक तथा लेखक खड्काले लेखेको पुस्तक ‘नवल खड्का’ प्रशंसाको कथा मात्र नभइ यो देश सोच्ने एउटा नागरिकले प्रत्यक्ष भोग्नुपरेको बेचैनीको कथा भएको प्रकाशकले पुस्तकमा उल्लेख...
बोपुङको वासिङ पहिरो : बर्सेनि उठीवास हुँदै आसपासका स्थानीयवासी

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीवास हुँदै आसपासका स्थानीयवासी

अर्थ, कृषि, कोशी प्रदेश, राजनीति, समाचार, समाज
खोटाङ, १८ असार । जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीवास बनाउँदै आएको छ । एक सताब्दीभन्दा पहिलेबाट सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन । बुँवाखोलाबाट सुरु भएको पहिरो वि.सं. १९९० सालको महाभूकम्पभन्दा पहिले नै सुरु भएको पितापुर्खाहरुले बताउँदै आएको स्थानीय वृद्ध दीर्घमान राईले जानकारी दिनुभएको छ । “एक सताब्दीभन्दा पहिले सुरु भएको वासिङ पहिरोले दर्जनौँ घर तथा सयौँ रोपनी खेतबारी बगाइसकेको छ । यो पहिरोको यकिन क्षतिको विवरण अहिलेसम्म कसैसँग छैन । तर, वर्षेनी मानिसको घरवास उठाएको छ”, उहाँले भन्नुभयो, “लामो समय अघिदेखि झर्न थालेको पहिरो रोकथाममा कसैले चासो दिएको छैन । ठूलो क्षेत्र ओगटेर वर्षेनी झरिरहने पहिरो अब रोकिने अवस्था पनि छैन ।” जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र वडा नं. २ बोपुङको सीमाना भएर बग्ने ...
बोल्न र सुन्न नसक्ने उषक : कक्षा–१२ उत्तीर्ण, खेलकुदमा अब्बल, भविष्य अन्यौलमा

बोल्न र सुन्न नसक्ने उषक : कक्षा–१२ उत्तीर्ण, खेलकुदमा अब्बल, भविष्य अन्यौलमा

अर्थ, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
–रामधन राई खोटाङ, १८ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २२ वर्षीय उषक श्रेष्ठको क्षमता जे छन् त्यो सामान्य लाग्दैन । उषकलाई देख्ने र भेट्ने जो कोहीले उहाँको क्षमताको आँकलन गर्न सक्दैनन् । छरितो कद, हँसिलो अनुहार, फुर्तिलो ज्यान, चटक्कै परेको पहिरन । जन्मजातै बोल्न र सुन्न असक्षम श्रेष्ठले यो वर्ष कक्षा–१२ उत्तीर्ण गर्नुभयो । उषकले खार्मीमै सञ्चालित कालिका माध्यमिक विद्यालयबाट अन्य विद्यार्थी सो सरह नै ‘लेक्चर मेथोड’बाट अध्ययन गर्नुभएको हो । कक्षा–१२ को परीक्षा भने सोही नगरपालिका–१ दिक्तेलबजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसमा दिनुभएको थियो । सानो कक्षाहरुमा कसैले चासो नदिए पनि माथिल्लो तह नै उत्तीर्ण भएपछि स्थानीयवासी चकित परेका छन् । बोल्न र सुन्न नै नसके पनि उषकले कसरी अध्ययन गरे होलान् भन्नेमा स्थानीयको जिज्ञासा रहन्छ । फरक क्षमताका उषकलाई अध्यापन गर्न क...
ज्यान धम्की दिएको आरोपमा एउटै घरका दाजुभाइ भरुवा बन्दुकसहित पक्राउ

ज्यान धम्की दिएको आरोपमा एउटै घरका दाजुभाइ भरुवा बन्दुकसहित पक्राउ

अपराध, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १७ असार । बन्दुक देखाएर ज्यान धम्की दिएको आरोपमा खोटाङमा एउटै घरका दुई दाजुभाइ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जन्तेढुङ्गाा गाउँपालिका–५ चिसापानीस्थित खानीडाँडाका २५ वर्षीय सन्तोष राई र १८ वर्षीय सन्देश राईलाई प्रहरीले भरुवा बन्दुक र गोलीसहित पक्राउ गरेको हो । स्थानीय ७३ वर्षीया दिलमायाँ बुढाथोकीलाई पूर्व लेनदेनको विषयमा भरुवा बन्दुक देखाएर ज्यान धम्की दिएको भन्ने सूचनाको आधारमा उनीहरुलाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । स्थानीय जसबहादुर राईका छोराहरु सन्तोष र सन्देशले यही असार–१५ गते भरुवा बन्दुक देखाएर ज्यान धम्की दिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक विजय लामीछानेको नेतृत्वमा खटिएको टोलीले सोही दिन पक्राउ गरेको जनाइएको छ । घटनापछि फरार भएका दाज...
जनताको कामसँगै मौरीपालन व्यवसायमा रमाउँदै मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर

जनताको कामसँगै मौरीपालन व्यवसायमा रमाउँदै मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १७ असार । बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राई दिनभर जनताको काममा व्यस्त रहनुहुन्छ । कार्यालयको काम बाहेक फुर्सदको समयलाई घरव्यवहारमा उपयोग गर्दै आउनुभएका वडाध्यक्ष राईले व्यवसायिक मौरीपालन तथा आधुनिक घार निर्माणसम्बन्धी उद्योग सञ्चालन गर्नुभएको छ । घरको भित्तामा रहेको खोपाको मौरीलाई आधुनिक घारमा सारेर व्यवसाय सुरु गर्नुभएका वडाध्यक्ष राईको ‘डाँडागाउँ मौरीपालन तथा मह प्रशोधन उद्योग’मा अहिले १८ वटा आधुनिक घारमा मौरी छन् । जङ्गलबाट आफै आएर खोपामा बसेको मौरीलाई वडाध्यक्ष राईले व्यवसायिक रुप दिन आधुनिक घारमा सार्नुभएको हो । वि.सं. २०७६ सालमा ‘मौरी स्रोत केन्द्र गोदावरी’मा तालिम लिएर आधुनिक घारसमेत निर्माण गरिरहनुभएका वडाध्यक्ष राईले स्थानीय तीनजना युवालाई रोजगारीसमेत दिनुभएको छ । वडाध्यक्ष राईले रहरले सुरु गर्नुभएको मौरीपालन व्यवसायलाई आधिकारिक रुपमा दर्ता ...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५ दिने मूर्तिकला कार्यशाला

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५ दिने मूर्तिकला कार्यशाला

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १६ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकला सम्बन्धी १५ दिने कार्यशाला सुरु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी संरक्षण तथा प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये रु दश लाखमा नगरपालिकाले १५ दिने मूर्तिकला कार्यशाला आयोजना गरेको हो । दिक्तेलस्थित शुभम् फाउण्डेशनमा सुरु भएको कार्यशालामा ‘विश्वको उत्कृष्ट नेपाल बनाउने महाअभियान’ नामक संस्थामा आवद्ध १८ जना मूर्तिकारहरुले ढुङ्गामा विभिन्न आकृतिका मूर्ति निर्माण सुरु गरेका छन् । विभिन्न जिल्लाका ख्यातिप्राप्त मूर्तिकारहरुले बनाएका कलात्मक मूर्तिलाई धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा लगेर राखिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । मूर्तिकला कार्यशालाको औपचारिक उद्घाटन मङ्गलबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नगरप्रमुख भट्टराई र प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले ...
खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १६ असार । खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई मङ्गलबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो । नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्रा १५ महिना मुनिका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ११ महिनासम्मका एक हजार ४९९ जना, १२ देखि १५ महिनासम्मका ६५३, १६ देखि २३ महिनासम्मका एक हजार २६८, २४ देखि ५९ महिनासम्मका पाँच हजार २१७ र १६ देखि ५९ महिनाका छ हजार ४७८ जना बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलप्रसाद पौडेलले जानक...